Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशमा ५२ पटक शीर्षक संशोधन गरी २ अर्ब ३३ करोड रकमान्तर

cm-office-1595149930.jpg

 ४ साउन,हेटौँडा । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा कानुनविपरीत अर्बौं रकम खर्चिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५७औं वार्षिक प्रतिवेदनले विभिन्न मन्त्रालय तथा मातहत कार्यालयले मनोमानी रूपमा रकम खर्चिएको देखाएको हो ।

 

आर्थिक मामिला तथा योजना मन्त्रालयले पुँजीगत बजेट शीर्षकलाई ५२ पटकसम्म संशोधन गरी २ अर्ब ३३ करोड २८ लाख १९ हजार रुपैयाँ रकमान्तर गरेर अख्तियारी दिएको प्रतिवेदनमा उल्लेख छ । यसरी अख्तियारी दिइएको रकममा उक्त आवको असार १५ पछि मात्र ३७ करोड ३८ लाख ६२ हजार रुपैयाँ छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयबाट कार्यक्रम र परियोजनाअनुसार चौमासिक रूपमा खर्च गर्ने गरी कार्यक्रम र बजेट विनियोजन भए पनि अधिकांश रकम असारमा खर्च भएको देखिन्छ । ‘आर्थिक वर्षको अन्त्यतिर अधिक खर्च गरी योजना सञ्चालन गर्दा सञ्चालित आयोजनाको गुणस्तर कायम हुन नसक्ने स्थिति रहन्छ,’ प्रतिवेदनमा भनिएको छ ।प्रदेशअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीले एक ऋण सहकारी संस्थालाई पानी प्रशोधित उद्योग स्थापना गर्न १९ लाख २७ हजार रुपैयाँ तथा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायबाट कृषि उपकरण, मेसिन–औजार खरिद तथा पूर्वाधार निर्माणका लागि निजी व्यवसायीलाई समेत ७७ करोड ७३ लाख ६६ हजार रुपैयाँ अनुदान वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ । ‘अनुदान वितरण मापदण्ड तथा कार्यविधि तर्जुमा नगरी नाफामूलक संस्थालाई उद्योग, व्यवसाय गर्न रकम उपलब्ध गराएकाले त्यसबाट सरकारलाई प्राप्त हुने प्रतिफल तथा सेवा सम्बन्धमा स्पष्ट छैन,’ प्रतिवेदनमा भनिएको छ ।

 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मातहत निकायबाट कृषि तथा पशुपन्छी फार्मको पूर्वाधार सुदृढीकरण, मेसिनरी औजार, हाट बजार, सेड भवन निर्माण, बजारीकरण, मिल्क क्यान, ट्याक्टर खरिद, चिलिङ भ्याट कन्टेनरलगायतमा लागत साझेदारीका आधारमा ७७ करोड ७३ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ । सार्वजनिक खरिद ऐन २०६३ बमोजिम प्रतिस्पर्धाका आधारमा खरिद कार्य गर्नुपर्नेमा सरकारले फर्निचर, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टरलगायत सामग्री प्रतिस्पर्धा बेगर पटकपटक सोझै खरिद गरेको छ । उक्त वर्ष प्रदेश सरकारले १७ करोड ४७ लाख १० हजार रुपैयाँको सामग्री बिनाप्रतिस्पर्धा खरिद गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा पनि बिनाप्रतिस्पर्धा गरिएको सामग्री खरिद प्रकरणमा प्रदेश लेखा समितिले छानबिन गरिरहेको छ ।

मुख्यमन्त्री कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमेतले १० करोड ९३ लाख ४४ हजारको सवारीसाधन खरिद गरेको देखिन्छ । स्वीकृत मापदण्डअनुसार महाशाखा र कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्मको कार वा जिप उपलब्ध गराउने व्यवस्था भए पनि ८६ लाख ७१ हजारका २ सवारीसाधन खरिद गरिएको छ । प्रदेशसभा सचिवालयले ६ करोड २७ लाख २९ हजारका दसवटा जिप र १७ वटा मोटरसाइकल खरिद गरेको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका ५ निकायले सडक, खानेपानी, कापी उद्योग स्थापना, जुस उद्योग, काष्ठ–हस्तकला उद्यम विकासजस्ता विभिन्न क्षेत्रको अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार तथा परामर्श गरेको भन्दै २६ करोड ७६ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कानुनी प्रावधान तथा प्रक्रियाको पालना नगरी आफैंले योजना छनोट गरी कृषि ज्ञान केन्द्र चितवनलाई साना कृषि सडक निर्माण तथा मर्मत कार्यक्रममा १४ उपभोक्ता समितिको नाम किटान गरी ४ करोड ५५ लाख ४० हजारको निकासा दिएको छ । साना कृषि निर्माण तथा मर्मतमा साझेदार संस्थाले १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भए पनि यस्तो सहभागिता नगराउने निर्णय गरी ९७ वटा उपभोक्ता समितिलाई २८ करोड २५ लाख ८५ हजार रुपैयाँ भुक्तानी गरिएको छ । ‘लागत सहभागिताको अंश २ करोड ८३ लाख प्रदेश सरकारलाई थप व्ययभार परेको छ । प्रदेश सरकारअन्तर्गत सञ्चालित कुनै योजनामा लागत सहभागिता गराउने, कुनैमा नगराउने अवस्था देखियो,’ प्रतिवेदनमा भनिएको छ ।

सार्वजनिक खरिद ऐनमा एक करोड रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य उपभोक्ता समिति वा लाभग्राही समुदायबाट गराउन सकिने उल्लेख छ । तर, खानेपानी तथा सरसफाइ डिभिजन सिन्धुपाल्चोकले सम्बन्धित खानेपानी योजनाका लागि आवश्यक एचडीपी, पीपीआर र जीआई पाइप ४३ पटकमा १ करोड ५७ लाख ६९ हजार, फिटिङ्स २७ पटकमा १ करोड ४२ लाख २३ हजार र ट्रान्स्फरमर ६८ लाख २३ हजारसमेत गरी ३ करोड ६८ लाख १५ हजारको मालसामान उपभोक्ता समितिबाट खरिद गरी आपूर्तिकलाई भुक्तानी दिएको छ ।सामाजिक विकास मन्त्रालयले विभिन्न विद्यालय तथा सामुदायिक क्याम्पसको छनोट आधार पेस नै नगरी शिक्षा निर्देशनालयलाई ८१ करोड २० लाख अनुदान दिएको छ । ‘मन्त्रालयले बाल विकास केन्द्रको सहयोगी कार्यकर्ता प्रोत्साहन, प्रयोगशाला व्यवस्थापन, शैक्षिक सामग्री व्यवस्था, भवन निर्माणजस्ता अनुदानप्राप्त संस्थाको कामको प्रगति र उद्देश्यमूलक उपयोगिता सुनिश्चित हुने गरी अभिलेख व्यवस्थित गरेको देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

# साभारः इकान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार