Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२ वर्षदेखि सञ्चालनमा रहेको पुल उद्घाटन

IMG_6446-1595925972.JPG

पुल उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेल

१३ साउन,दोलखा। बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रका ३२ वटा पक्कि पुलको एकै साथ उद्घाटन गरे । धेरैलाई लाग्यो यी पुल प्रदेश सरकार गठनपछि निर्माण सुरु भएर पूरा भएका हुन् ।एकै साथ पुल उद्घाटन हुँदा धेरै तामझाम पनि भएन र खर्च पनि जोगिनु राम्रो हो । त्यसमध्येको उद्घाटन भएका ३ वटा पुल दोलखाका रहेको बागमति प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जानकारी दिएको छ । गत साता उद्घाटन भएकामध्ये एउटा पुल २ वर्षअघि नै सञ्चालनमा आइसकेको छ भने एउटा पुल एक वर्षअघि नै सञ्चालनमा आएको हो ।

दोलखाको विगू गाउँपालिका–५ र ८ जोड्ने सोरुङ खोलाको पुल प्रदेश सरकार गठन नहुँदै तत्कालीन जिल्ला विकास समितिअन्तर्गत जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएर निर्माण गराएको हो । २ करोड ६२ लाख ८३ हजार दुई सय ३० रुपैयाँ लागतमा ठेक्का लगाएर जिविस हुँदै निर्माण भए तापनि जिविस खारेज भएर जिल्ला समन्वय समिति भएपछि निर्माण सम्पन्न भएर २ वर्षदेखि यो पुलबाट गाडी सञ्चालन हुँदै आएको छ ।
“नेतालाई उद्घाटन गर्न पाए भयो, पुल त हामी जिविस हुँदै बनेको हो,” तत्कालीन जिविसका एक इन्जिनियरले भने, “अहिले उद्घाटन गर्दा संख्या धेरै देखियो होला तर उपलब्धि पहिलाकै हो ।” निर्माण सम्मपन्न भएर पुलको कागजात र स्वामित्व प्रदेश सरकारको पूर्वाधार कार्यालय सिन्धुपाल्चोकलाई हस्तान्तरण गरेको हो । पुलको लम्बाइ ३५ मिटर रहेको छ ।
त्यसैगरी शैलुङ गाउँपालिका–७ फस्कु र मेलुङ गाउँपालिका–१ पवटी जोड्ने अँधेरी खोलाको पुल पनि २ वर्षदेखि सञ्चालनमै छ । यो पुल पनि तत्कालीन जिविसले ७५ लाख ७५ हजार पाँच सय २६ रुपैयाँ लागतमा २०७१ असार ३० गते सम्झौता भई २०७५ देखि सञ्चालनमा आएको हो । पुलको लम्बाइ १४ मिटरको छ ।
त्यसैगरी एक करोड ३७ लाख ५१ हजार तीन सय २८ रुपैयाँ लागतमा २०७१ असार २० गते सम्झौता भएको २५ मिटर लम्बाइको भीमेश्वर नगरपालिकाको सेराबेंसीस्थित चर्नावती पुल पनि सञ्चालनमा आएको डेढ वर्ष बितिसकेको छ । यो पुल पनि तत्कालीन जिविसले नै ठेक्का लगाएको हो ।
३ वटै पुल निर्माण पूरा हुने बेला जिविस खारेज भएर जिसस भएको र जिल्ला प्राविधिक कार्यालय खारेज भएर त्यहाँका कर्मचारी प्रदेश सरकारको पूर्वाधार कार्यालयमा समायोजन भएपछि जिविसअन्तर्गतको पुल सडकको स्वामित्व समेत सोही कार्यालयमा हस्तान्तरण भएका थिए । तर प्रदेशअन्तर्गतको पूर्वाधार कार्यालय व्यवस्थापनमा समय लागेकाले पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले यी तीनवटै पुलको आधिकारिक रूपमा सम्पन्नको कागजात २०७६ असारमा मात्र तयार गरिको हो ।
गत बुधबार भौतिक पूर्वाधार तथा विकास मन्त्रालय हेटौंडाको सभाकक्षमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ३२ वटा पुलको एकमुष्टमा उद्घाटन गर्ने क्रममा दोलखाको पनि ३ वटा पुल उद्घाटन गरेका हुन् । २ वर्षदेखि चलिरहेका पुलहरू उद्घाटन भए तापनि स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाले भने कुनै पत्तो पाएनन् ।


साभारः कारोबार दैनिकबाट
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार