Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कम्युनष्टिले जनतालाई धोका दियो: बानियाँ

20200728_165957-1595934945.jpg

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको बताएका छन् । 

नेपाली कांग्रेस इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ को भेलामा बोल्दै उनले जनतालाई विकास दिन्छु भनेर भोट मागेको कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेपनि अहिले धोका पाएको बताए । उनले कम्युनष्टि सरकार जनताको हित गर्न भन्दा आफ्नै आन्तरिक कलह, भ्रष्टाचार र भागबण्डामा लागेर जनतालाई धोका दिएको बताए । संघीयदेखि स्थानीय तहसम्म कम्युनष्टिहरुले जितेको क्षेत्रका जनता निरास भएको भन्दै निरास जनतालाई भरोसा दिलाउने काम कांग्रेसले गरेको बताए । कांग्रेस सधैं जनताको माझमा रहेर जनताको सुख दुःखमा साथ दिईरहेको उनको भनाई थियो ।

भेलाले रजिना राना मगरको संयोजकत्वमा महिला संघ वडा कार्यसमिति गठन गरेको छ । समितिको उप–संयोजकमा जुमा लामा, सचिव लक्ष्मी गोले, सहसचिवमा सुमित्रा नगरकोटी, कोषाध्यक्षमा चिनिमाया लामा, सदस्यहरुमा कोपिला स्यांतान, साइली लामिछाने, सम्झना राना मगर, सानुकान्छी राना, विमला लामा लगायत रहेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्या गरी कांग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जमानसिं वाईवा, २ नम्बर क्षेत्रीय संघीय सभापति यतिराज सापकोटा, महासमिति सदसय एवं इन्द्रसरोबर गाउँपालिका जिल्ला प्रतिनिधि दिनेश उपाध्याय, हेटौंडा नगर सभापति आनन्दराम पराजुली लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार