Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

६ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा

f16809803f4f4ff79323076ba-1596625120.jpg

सांकेतिक तस्विर

२१ साउन, काठमाडौं । कोरोना संक्रमितको ‘हट स्पट’ बनेपछि पर्साको वीरगञ्ज महागरपालिकाबाट सुरु गरिएको निषेधाज्ञा अहिले जिल्लाभर लागू गरिएको छ । 
पर्सामा हालसम्म कोभिड–१९ बाट १७ जनाको मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार हालसम्म ६०४ जनामा संक्रमण पुष्टि भएको छ । 
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन १० मा महानगर क्षेत्रमा जारी निषेधाज्ञा साउन १९ देखि जिल्लाभर लागु गरिएको छ ।  स्थानीय प्रशासन ऐन ०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० अनुसारको अधिकार प्रयोग गरे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्न सक्छन् ।
पर्सासहित बारा, सप्तरी, स्याङ्जा सर्लाही र बाँके जिल्लाभर स्थानीय प्रशासनले निषेधाज्ञाको निर्णय गरेका छन् । मन्त्रिपरिषद्ले लकडाउन खुलाउने निर्णय गरेपनि संक्रमण बढेपछि ती जिल्लामा निषेधाज्ञा गर्नुपरेको प्रमुख जिल्ला अधिकारीहरु बताउँछन् । 
महोत्तरीमा एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका ३ र ५ नम्बर वडामा जारी गरेको निषेधाज्ञाको समय सकिएको छ । अब, फेरि निषेधाज्ञा जारी गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रजिअ कृष्ण बहादुर कटुवालले जानकारी दिए । महोत्तरीमा संक्रमितको संख्या ९१६ पुगेको छ । 
महोत्तरीमा जस्तै उपत्यका बाहिरका ७ जिल्लामा सिमाना तोकेर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, मोरङ, नुवाकोट, झापा, सुनसरी, बझाङ र दार्चुलामा सीमाना तोकेर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । 
बझाङको केदारस्यूँ गाउँपालिकाको ६ र ७ नम्बर वडा तथा थलाराको ५ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको प्रजिअ कमलराज भण्डारीले बताए । उनले भने, ‘संक्रमितको संख्या धेरै भएका ठाउँमा जोखिम कम गर्ने उद्धेश्यले निषेधाज्ञा जारी गरेका छौँ ।’ बझाङको बुंगल नगरपालिकामा मृत्युपछि स्वाव संकलन गरिएको ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएका २६७ मध्ये १६६ जना निको भएर घर फर्केका छन् । 
झापाको विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । धनुषाको जनकपुर उप–महानगर र क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने केही भागमा निषेधाज्ञा जारी गरिएको छ । मोरङ र नुवाकोट जिल्लाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । 
सुनसरीको बराहक्षेत्र नगरपालिकाका वडा नम्बर ६, ७ र ८ मा निषेधाज्ञा जारी गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भेलाजम्मा हुन पाइँदैन, तोकिएको अत्यावश्यक सेवाबाहेक सवारी आवागमन र पसल खोल्न पाइँदैन । 
(रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार