२५ साउन, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद मकवानपुरसम्म आईपुगेको छ । केन्द्रमा प्रधानमन्त्री केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितको गुटबन्दीको प्रभाव मकवानपुरमा पनि परेको हो ।
शनिबार भएको एक कार्यक्रमबाट मकवानपुरमा नेकपाको गुटबन्दी सतहमै देखिएको छ । शनिबार मकवानपुर इन्चार्ज समेत रहेका नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद बिरोध खतिवडा, मकवानपुर अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी सहितका प्रचण्ड–माधव नेपाल पक्षधर नेताहरुको उपस्थितीमा प्रेस संगठन मकवानपुरको भेला गरेपछि नेकपा मकवानपुरको विवाद सतहमा आएको छ ।
केन्द्रमा प्रचण्डसहितले आफु निकट पत्रकारहरुको भेला गरे लगतै जिल्लामा यस्तो भेला भएपछि नेकपाका दुई जिल्ला नेताले राजिनामाको घोषणा गरेका छन् । नेकपाको प्रचार विभाग र नेकपा निकट पत्रकार हर्ने दुई जिल्ला नेताले पदबाट राजिनामाको घोषणा गरेर गुटबन्दी भएकाले राजिनामा दिएको खुलेर बताए । सामाजिक सञ्जाल फेसबुकमा लेखेर नेकपा मकवानपुरका प्रचार विभाग प्रमुख नविन सिग्देल र नेकपा आवद्ध प्रेस संगठनका इन्चार्ज देवराज रिमालले राजिनामा घोषणा गरे ।
सिग्देलले लेखेका छन्–‘नेकपा मकवानपुरको प्रचार विभागबाट सार्वजनिक राजिनामा गरे अनुकुलको मान्छे ल्याउनोस् तर अपराध नगर्नुहोस्, मैले सुनेको राति राति लेख्छन् रे, तर मलाई गुट चलाउनु पनि छैन, गर्नेले गरोस् । जोजो ल्याउन पर्ने ल्याओस्, म प्रचार विभागबाट विदा भएँ । म ईमान्दारपूर्वक हिडेको हो, अब गुट गर्ने ले जिम्मा लियोस् ।’
त्यस्तै, रिमालले लेखेका छन्–‘नेकपा मकवानपुरको प्रेस संगठन इन्चार्जबाट सार्बजनिक राजिनामा।कार्यार्थ जिल्ला कमिटी , बोधार्थ जिल्ला भन्दा माथिका कमिटी हरु।’ उनीहरुले यो समाचार तयार पर्दासम्म पार्टीमा औपचारिक राजिनामा भने बुझाएका छैनन् ।दुई युवा नेताले सामाजिक सञ्जालमा सार्वजिक रुपमा यसरी राजिनामा घोषणा गर्दा गलत भयो र सहि भयो भन्नेहरु पनि बाँडिएका छन् । मकवानपुरमा गुटबन्दीको शूरुवात भने केपि शर्मा ओलीले देशभर आफ्नो पक्षमा जुलुस निकाल्न निर्देशन दिएपछि केपि ओलीको पक्षमा मकवानपुरमा निस्किएको जुलुसबाट भएको थियो । त्यसको काउन्टरमा अर्को पक्षले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझायो । त्यस लगतै तत्कालिन एमालेमा माधव नेपाल निकट मानिने पुष्पलाल मित्रता केन्द्रको जिल्ला भेला गरेर अर्को पक्षलाई गुटको प्रभावबारे सन्देश दिइयो । यो कार्यक्रमको बारेमा पनि पक्ष विपक्षमा बहस भयो ।
यही बिचमा ओली निकट भनिने मदन भण्डारी स्र्पोटस् एकेडेमीले हेटौंडा–५ मा कार्यक्रम गर्यो । अर्को पक्षले यसको श्रृंखलाको रुपमा शनिबार पत्रकारको भेला गर्यो । त्यस्तै, साउन ३० गते पुष्पलाल मित्रता केन्द्रले रक्तदान कार्यक्रम गर्दैछ ।
तर नेकपाका बहुसंख्यक कार्यकर्ता भने दुबै पक्षको शक्ति प्रर्दशनको होडबाजीको विरुद्धमा छन् । उनीहरुले पार्टीलाई मिलाएर अघि बढाउन दुबै पक्षलाई यस्ता गतिविधि नगर्न सुझाव दिएका छन् ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









