२६ साउन, हेटौंडा । विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ ।
सोमबार बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । खेलाडीहरुसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको परि २५ जनाको परीक्षण गरिएको छ ।
ललितपुरको पाटन अस्पतालमा फिजियो आविश्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परिक्षण गरिएको हो । सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्काी, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको कोरोना परीक्षण गरिएको हो ।
बाँकी खेलाडी र अफिसियलको पिसिआर मंगलबार गरिने राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।
सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।
फिफा विश्वकप २०२२ छनोट अन्तर्गत नेपालले तीन होम खेल दशरथ रंगशालामा खेल्दै छ । तीन खेल मध्ये नेपालले असोज २२ गते चाईनिज ताईपेसँग र त्यसको ५ दिनपछि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
समूह ‘बी’ मा रहेको नेपालले छनोट अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका रहेको छ । समूह ‘बी’ मा रहेको नेपाल ३ अंकका साथ चौथो स्थानमा छ ।
नेपालको समूहमा रहेको अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा रहँदा । समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहिन चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।
छनोट प्रतियोगिताको पहिलो नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई ५–० र चौथो खेलमा जोर्डनलाई ३–० ले को नतिजा सुम्पिएको थियो ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















