Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका विद्यालयबाट आईसोलेशन र क्वारेन्टीइन हटाउने तयारी

117395964_724053331779211-1597200621.jpg

२८ साउन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षीक संस्थामा सञ्चालन गरिएका आईसोलशसन र क्वारेन्टीन हटाईने भएको छ ।
बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबार बिद्यालयबाट आइसोलेशन र क्वारेन्टाइन हटाउन गरेको निर्णय अनुसार हेटौंडाको श्रमिक माध्यमिक बिद्यालयमा रहेको आइसोलेशनलाई हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्राबासको भवनमा स्थानान्तरण गरिने तयारी भएको छ ।
तयारी स्वरुप आइसोलेशन स्थान्तरण गरिने गौरीटार रंगशालाको छात्राबासको मंगलबार प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र सामाजिक विकास मन्त्री युवराज दुलालले अवलोकन समेत गरेका छन् ।
स्थानान्तरण गरिेने स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले विद्यालयहरुलाई छिटो भन्दा छिटो खाली गर्न निर्देशन दिए । उनले आइसोलशनको स्थानान्तरण पछि विद्यालयहरुलाई स्यानिटाइज गर्न सुझाव समेत दिए ।
यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले रङगसाला परिसरमा बन्दै गरेको कभर्डहललाई समेत संक्रमित राख्न उपयोग गर्न सकिने बताए । उनले प्रदेशमा कोरोना फैलन नदिन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उक्त अवसरमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेशका प्रमुख सचीव डाक्टर मानबहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाई, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं लगायत सहभागी रहेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार