Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपामा मूख्यमन्त्री पौडेल फेर्ने रणनीतिको चर्चा

20200624104510_IMG_5666-1597566359.JPG

३२ साउन, हेटौंडा ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । मन्त्रीमण्डल पुर्नगठनका साथै केही मूख्यमन्त्री समेत फेरबदल गर्ने समाचार रातोपाटीले बनाएको छ ।

दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्नेछ । त्यसपछि महाधिवेशन र मन्त्रिमण्डल पुर्नगठन तथा केही मुख्यमन्त्रीहरु फेरवदल गर्नेगरी कार्यदलले खाका तयार गर्नेछ । 

स्रोतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ । तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको बुझिएको छ । नेकपा नेताहरुका अनुसार हालका मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल भने फेरवदलका क्रममा पनि रहिरहने सूचीमा पर्नेछन् । त्यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ५ का शंकर पोखरेलको ठाउँमा नयाँ मुख्यमन्त्रीको खोजी हुन थालेको छ । उसो त मूख्यमन्त्री डोरमणी पौडेललाई हटाउन हस्ताक्षर संकलन भएको कुरा मूख्यमन्त्री स्वयम्ले पनि केही दिन हेटौंडाको एक कार्यक्रममा गरेका थिए । पौडेलमाथिको घेराबन्दी अघिल्लो बजेटदेखि नै शुरु भएको थियो । 

राजधानीबारेको निर्णय गर्दा यो क्रम अझ बढेको थियो भने आर्थिक बर्ष ०७७र०७८ को बजेट प्रस्तुत भएपछि हस्ताक्षर अभियान संचालन भएको नेकपा नेताहरुले नै बाहिर ल्याएका थिए । बजेट पास नहुने अवस्था आएपछि भएको संसदीय दलको बैठकमा बजेटलाई समायोजना गर्ने लगायतका सहमती भएर एक कार्यदल बनेपछि मूख्यमन्त्री पौडेलको राजिनामाको चर्चा सेलाएको थियो । आइतबार रातोपाटीले यसलाई पुनः बाहिर ल्याएको छ ।स्रोतका अनुसार आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगाउन र विपक्षलाई समेत सहमतिमा ल्याउन मूख्यमन्त्री पौडेल र पोखरेललाई फर्न सकिने मनस्थितिमा छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार