४ असार, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आइतबार थाहा नगरपालिका प्रमुख लवशेर विष्ट तथा उप–प्रमुख खड्गबहादुर गोपालीको सम्मान गरेको छ ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा व्यवसायिक धरातलबाट आएका नगर प्रमुख विष्टले नगरका बासिन्दाको प्रतिव्यक्ति आयलाई बढाउने र कृषि उत्पादन प्रबद्र्धनको लागि सर्वसुलभ सडक, पानीको समुचित विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । करीब २७ हजार मतदाता रहेको थाहानगर पर्यटकीय क्षेत्र रहेकोले उद्योग वाणिज्य संघ जस्ता व्यावसायिक संगठनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विष्टले उवासंघ मार्फत सामाजिक कार्य अघि बढाएकाले जनताले आफूलाई विश्वास गरी विजयी गराएको समेत धारण व्यक्त गरेका छन् ।
संघका उपाध्यक्ष समेत रहेका नगर प्रमुख विष्टले उद्योग वाणिज्य संघ राजनैतिक रुपमा एक तटस्थ संस्था रहेको र आफू राजनैतिक रुपमा व्यस्त रहनु पर्ने भएको कारण केही दिनमा नै नैतिक रुपमा आफूले उपाध्यक्ष पदबाट राजीनामा दिने बताएका छन् ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य समेत रहेका नगर उप–प्रमुख गोपालीले आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालद्वारा समापन गरिएको स्वागत कार्यक्रममा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जीवन काजी माकजू श्रेष्ठ, थाहानगर उवासंघका अध्यक्ष कविराज खत्री, संघका सल्लाहकार, महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिंह रानाभाट, उपाध्यक्ष कृष्ण अग्रवाल, सचिव उज्वल चौलागाई, दिवस पराजुली, महिला समिति सभापति निलम पाण्डे, संघका कार्य समिति सदस्यहरु, कर्मचारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







