Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मूख्यमन्त्री पौडेलले छानेर पत्रकार बोलाएपछि प्रेस संगठनमा खैलाबैला

20200819_094757-1597810062.jpg

File Photo

३ भदौ, हेटौंडा । मूख्यमन्त्री पौडेलले छानेर पत्रकार बोलाएपछि प्रेस संगठनमा खैलाबैला मच्चिएको छ ।
चौतर्फी घेराबन्दीमा परेपछि पौडेलले प्रेस संगठनका १० जना पत्रकार छानेर गोप्य भेट गरेका थिए । भेटका लागि संगठनभित्र पनि पूर्व प्रेस चौतारीका १० पत्रकार बोलाइएको थियो ।
साउन अन्तिम साता भएको भेटमा पौडेलले संचारमाध्यममार्फत आफ्नो पक्षमा वकालत गर्न ती पत्रकारलाई आग्रह गर्दै भविष्यका लागि विभिन्न आश्वासन दिएको भेटमा सहभागी मध्येकै पत्रकारबाट सूचना बाहिरिएको छ । उनले आफ्नो विरूद्ध हुने गतिविधिलाई समाचारमार्फत बचाउ गरिदिन र सरकारका कामको प्रचार गरिदिन भेटमा सहभागी पत्रकारलाई आग्रह गरेका थिए । भेटको सूचना बाहिरिएपछि कित्ताकाटमा परेका संगठनका बाँकी पत्रकारहरूले आक्रोश पोखेका छन् ।
प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहालसहितका पत्रकारले मूख्यमन्त्रीको कित्ताकाट प्रवृत्तिको खुलेर विरोध गरेका छन् । 'संयाेजक र सहसंयाेजक सहित ४१ जनाकाे जिल्ला सिमिती रहेकाे प्रेस संगठन नेपाल सम्बद्द साथीहरु बिच १० जनालाई मात्र भेट्न बागमती प्रदेशका मुख्यमन्त्री ज्यूलाई सल्लाह दिने महान याेद्दाकाे खुलेरै प्रसंसा गराैं क्यार है ??'-दाहालले फेसबुकमा लेखेका छन् ।
बिरोध गर्नेहरूले विधि र पद्धति अनुसार अघि बढ्न पौडेललाई सुझाव दिएका छन् । उनीहरूले संगठनसंग औपचारिक रूपमा मूख्यमन्त्रीले छलफल नगरेकोमा समेत असन्तुष्टि व्यक्त गरेका छन् । गुटको राजनीति नगर्न उनीहरूले मूख्यमन्त्री र उनका सचिवालयलाई सुझाव दिएका छन् ।
महासंघका कोषाध्यक्ष सुदिप शिवाकोटीले मूख्यमन्त्रीले पार्टी भित्रका केही पत्रकार भेट्नु भन्दा सबै पत्रकारसंग भेट गर्नुपर्ने सुझाव दिएका छन् । उनले मूख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाललाई सोधेका छन्-'दाइ प्रधानमन्त्रीलाई काठमाडौमा पत्रकारले चाहेर मात्र भेट्छन कि, प्रधानमन्त्रीले पनि बेलाबखतमा आफुले बोलाएर भेट्छन ? त्यो कुरा त तपाईंलाई प्रष्ट थाहा होला नि । अनि बागमती प्रदेशका मुख्यमन्त्रीले बेलाबखतमा पत्रकारलाई बोलाएर भेट्नु पर्ने की नपर्ने । हालसम्म त्यस्तो काम कति पटक भयो ? अनि तपाईंले त्यसका लागि कति पटक समन्वयात्मक भुमिका खेल्नु भो ।'
तर मूख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बाहिर आए जस्तो कित्ताकाट नगरिएको प्रष्टिकरण दिएका छन् । उनले मूख्यमन्त्री पौडेलले आवश्यकता र अनुकुलता अनुसार संचारकर्मीहरूसंग भेट एवं छलफल गरेको बताए । केन्द्रीय सदस्य राजनलाई जवाफ दिंदै प्रकाशले-'तपाईंले भनेजस्तो हैन है राजन सर । अनुकुलतामा सबैसङ्ग भेटीरहनु नै भएको छ । माननीय मुख्यमन्त्री ज्युसङ्ग त तपाईंले पनि भेट्नु भएको छ नि है । भेट्न चाहने साथीहरूलाई भेटाईरहेको छु मैले समन्वय गरेर अनुकूल भएसम्म। खासमा कहिलेको कुरा गर्नुभएको हो !'
मूख्यमन्त्री  पौडेलमाथि पछिल्लो समय पार्टी भित्रैबाट आक्रमण भइरहेको छ । पौडेलबिरूद्ध बजेटको विषयदेखि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन अभियानसम्म भएको उनी आफैले सार्वजनिक कार्यक्रम बोलेका छन् । त्यसको प्रतिरोध गर्दै मकवानपुरबाट प्रतिनिधित्व गर्ने सांसदहरू मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी र ओम ग्लानले विज्ञप्ति नै निकालिसकेका छन् । १० पत्रकारसँग लुसुक्क भेटेपछि मूख्यमन्त्रीले विवादको बीउ पत्रकारमा पनि रोपेको कित्ताकाटमा परेका प्रेस संगठनका पत्रकारहरू बताउँछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार