४ भदौ, काठमाडौं । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्रेको छ । महानगरीय अपराध महाशाखाले नुवाकोट शिखरबेसी–६ घर भएका २७ वर्षीय बिकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो ।
बिकेश र अमरको साथबाट ‘मेड इन युएस’ लेखिएको दुईथान पेस्तोल, म्यागजिन र १० राउण्ड गोली बरामद गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।
प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी नेतृत्वको टोलीले बुधवार मध्यान्ह माछापोखरीबाट पक्राउ गरेको बिकेशको बयानका आधारामा पेस्तोल कारोबारमा अमरको संलग्नता खुलेको थियो ।
महाशाखाले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा अमर तामाङलाई नुवाकोटबाट पक्राउ गरेको हो । अमर डाका मुद्धामा ६ वर्ष २ महिना जेल बसेर २०७६ फागुनमा रिहा भएका थिए ।
अमरले सो पेस्तोल ‘हात हतियार तथा खरखजना मुद्धा’मा सँगै कारागार बसेका धनुषाका शम्भु कार्कीको भएको प्रहरीलाई बताएका छन् ।
कार्कीले सो पेस्तोल हाल लागुऔषध मुद्धामा कारागारमा रहेका धादिङ खाल्टेका राजकुमार गुरुङलाई राख्न दिएको र उनले बालाजुका एक होटल संचालकलाई राख्न दिएका थिए । बिकेश पण्डितले होटल संचालकबाट सो पेस्तोल लिएका थिए ।
(रातोपाटीबाट)
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









