Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गौरीटार आईसोलेसनमा तरुण दलबाट १५० कार्टुन पानी सहयोग

20200821_120543-1597990832.jpg

५ भदौ, हेटौंडा । नेपाल तरुण दल हेटौंडा ६ र १६ को संयुक्त आयोजनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल द्वारा सञ्चालित कोभिड १९ उपचार तथा व्यवस्थापन केन्द्र (आइशोलेसन वाड) लाई पिउने पानी सहयोग गरेको छ । 
बिहिबार दिनभर आइशोलेसन वार्डमा रहेका संक्रमितहरुले खानेपानी समेत पिउन नपाएको समाचारहरु बाहिर आएपछि तरुण दलले १ सय कार्टुन पिउने पानी शुक्रबार बिहान सहयोग गरेको हो । खानेपानीको अभाव भएको खबर पाएपश्चात तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीको पहलमा २० कार्टुन र नेपाली विद्यार्थी संघ हेटौंडा नगर समितिका सभापति दिपेन्द्र तिवारीले २२ काटुन पानी बिहिबार रातिनै आईशोलेशन वार्डमा पुर्याएका थिए । संक्रमतिहरुलाई खानेकुराको अभाभ हुन नदिन तरुण  दल सदैव सहयोगको लागि तत्पर रहेको तरुण दल १६ नम्बर वडा अध्यक्ष नविन तिवारीले बताए । 
खानेपानीको मात्र होईन अन्य जुनसुकै समस्या आईपर्दा पनि तरुण दल सदैव सहयोगको लागि रहेको उनले बताए । कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले हतारमा आईशोलेसन वार्ड गौरिटारमा सार्न र समन्व राम्रोसंग नहुँदा समस्याहरु उत्पन्न भईरहेको बताए । 'समस्या समाधानको लागि हामी सबैजना लाग्छौँ, वडा अध्यक्ष चौलागाईले भने, ‘समस्या ढाकछोप गर्ने तर्फ नलाग्नुस । संक्रमितहरुले राम्रोसंग उपचार पाउनुपर्छ । हेटौंडा ६, १५ र १६ नम्बर वडाको सीमानामा आईशोलेशन वार्ड रहेको छ, उनले भने यहाँ आईपर्ने समस्या हामी ३ वटै वडा मिलेर समाधानको लागि लागिपर्नेछौँ । त्यसैगरी १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोईरालाले वार्डको व्यवस्थापन पक्ष फितलो भएको बताए । विरामीहरुले समयमा तालिकाअनुसारको खानेकुरा खान पाउनुपर्छ । केही समस्या पर्दा हामीसंग समन्वय गर्नुस, हामी सहयोगको लागि तयार छौँ ।'
त्यसैगरी नेपाल तरुण दल हेटौंडा नगर समितिको तर्फबाट पनि ५० काटुन पानी थप सहयोग भएको छ । नगर समितिका सदस्य ज्ञानु महर्जनले ५० काटुन पानी सहयोग गरेका हुन् । 
खानेपानी हस्तान्तरण गर्न नेपाल तरुण दल जिल्ला सचिव सचित थापा, ६ नम्बर वडा सदस्य राजकुमार बास्तोला, नेपाली कांग्रेस पूर्व जिल्ला सदस्य कृष्ण सापकोटा, पूर्व महासमिति सदस्य रामप्रसाद अधिकारी, तरुण दल ३ नम्बर क्षेत्रीय सदस्य इश्वर राना, नेपाल विद्यार्थी संघ जिल्ला सभापति राजु खतिवडा, नेविसंघ नगर सभापति दिपेन्द्र तिवारी, तरुण  नेता सुमन गौतम, तरुण दल जिल्ला सदस्य अजय सापकोटा, तरुण दल ६ नम्बर वडा उपाध्यक्ष कमल कोईराला, सहयोगी मन नेपाल मकवानपुरका अध्यक्ष केदार चौलागाईलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार