६ भदौ, काठमाडौं । लामो विवाद समाधानका लागि टुंगोमा पुग्न अहिले सत्तारुढभित्र मन्त्री हेरफेरको चर्चा चलेको छ। गत शुक्रबार गठन भएको कार्यदलमार्फत नै मन्त्री हेरफेर हुने बताइँदै आएको छ।
शक्ति बाँडफाँटको कुरा नमिलेकै कारण नेकपाभित्र विवाद उत्पन्न भएको नेकपा नेताहरू नै बताउँदै आएका छन्। कार्यदलले प्रतिवेदन तयार पार्दै गर्दा संघदेखि प्रदेशसम्मका मन्त्री हेरफेरको तयारी चलिरहेको छ ।
केही नेतालाई त कार्यदल र शीर्ष तहबाट फोनसमेत गरेर मन्त्री बन्न तयार रहन अनुरोध पनि गरिएको जानकारी आएको छ। संघसँगै प्रदेश सरकारका मन्त्री हेरफेरका क्रममा सबैभन्दा बढी प्रदेश तिनकै मुख्यमन्त्री फेरिने चर्चा छ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा रहेको नेकपा स्रोतले जनाएको छ । पछिल्लो समय हाल विवादमा आएका मन्त्रीहरू फेरिने चर्चासँगै नयाँ आउन सक्ने सम्भावित उम्मेदवारका चर्चा पनि चलेको छ ।
नयाँ अनुहारमध्येकी हुन् स्थायी कमिटी सदस्यसमेत रहेकी नेकपा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य। उनलाई त शीर्ष तहबाटै फोन आएर मन्त्रीका लागि तयार रहन अनुरोध गरिएको बुझिएको छ। शाक्य आफैंले पनि फोनमार्फत मन्त्री बन्ने अफर आउनसक्ने भएकाले तयारी रहन अनुरोध गरेको बताएकी छिन्।
पहिले नै बागमती प्रदेशको मुख्यमन्त्रीका लागि चर्चामा रहेकी शाक्य अहिले मन्त्री बने पनि डोरमणि पौडेलकै ठाउँमा रहने सम्भावना छ । तर, कुन मन्त्री दिने भन्नेबारे भने केही नभने पनि पछिल्लो अवस्था हेर्दा विवाद समाधानका लागि प्रदेश ३ को मुख्यमन्त्री नै बनाउने तयारी रहेको नेकपा स्रोतले बताएको छ ।
‘मलाई नेताहरूले फोनमार्फत मन्त्री बन्नुहुनेभो तयार हुनुहोस् भन्नुभएको छ,’ शाक्यले भनिन्, ‘तर, कुन मन्त्रालय र कहाँ दिने भन्नेबारे केही भन्नुभएको छैन। हल्लाकै बीच कसैले मेरो नाम सुनेर भनेको भए मलाई थाहा भएन ।’
उनले विवाद समाधानका लागि मन्त्री हेरफेर गरिनुले पार्टी एकता मजबुत हुन्छ भने त्यो सकारात्मकसमेत भएको बताइन्। सरकारलाई प्रभावकारी बनाउन अध्यक्षद्वयमार्फत गठित कार्यदलले गरेको निर्णय स्वीकार भएको बताइन् ।
(आयोमेलबाट)
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









