७ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कोरोना परीक्षणको दायरा बढाउन प्रदेश सरकारसंग माग गरेका छन् ।
आइतबार संचारकर्मीहरूसंग कुरा गर्दै नेता बानियाँले प्रदेशमा कोरोना परीक्षणको दर कम रहेको भन्दै यहि ढंगको परीक्षणले कोरोना संक्रमण रोक्न नसकिने बताए । उनले प्रदेशभरका पिसिआर प्रयोगशालाको स्तरोन्नति एवं नयाँ मेसिन खरिद गरि अहिलेको परीक्षणको दरलाई बढाउनु जरूरी रहेको बताए ।
पहिलो प्राथमिकता जनताको जीवन भएकाले 'कोरोना कोष' र बिकास बजेटलाई परिचालन गरि प्रयोगशालाको सुधार र आवश्यकताको आधारमा नयाँ मेसिन खरिद गर्न प्रदेश सरकारको उनले ध्यानाकर्षण गराएका छन् । उनले यसका लागि करारमार्फत जनशक्ति व्यवस्थापन गर्न सकिने बताए । नेपाली कांग्रेसले प्रदेशको कोरोना कोषमा समेत यसअघि रकम जम्मा गरेको स्मरण गराउँदै उनले सरकारले मेसिन खरिदका लागि सहयोगको आह्वान गरे प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेस सबैखाले सहयोगका लागि तयार रहेको बताए ।
उनले लकडाउन र निषेधाज्ञा समस्याको समाधान नभई जोखिम न्युनिकरणका उपाय मात्रै भएको बताउँदै यसले सामाजिक र आर्थिक रूपमा दिर्घकालिन असर पार्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिए । सरकार निषेधाज्ञालाई मात्रै निरन्तरता दिनेतर्फ भन्दा निश्चित स्वास्थ्य मापदण्ड पूरा गरि उद्योग, कलकारखाना, व्यवसाय, कृषि कार्य जस्ता क्षेत्र सुचारू गर्नेतर्फ पनि सहजिकरणका लागि अग्रसर हुनुपर्ने बताए । जसले देशको आर्थिक, सामाजिक क्षेत्र चलायमान भइ अर्थतन्त्र ढल्नबाट जोगिने उनको भनाइ छ । अत्यावश्यक कामका लागि अर्को जिल्ला जानुपर्ने सर्वसाधारण र कामका लागि जानुपर्ने कामदार तथा श्रमिकले निषेधाज्ञाका कारण समस्या भोगिरहेको भन्दै कोरोनाको पिसिआर परीक्षणको रिपोर्टका आधारमा सहज आवतजावतको व्यवस्था सरकारले गर्नुपर्नेमा उनको जोड छ ।
उनले प्रदेशभरका क्वारेन्टाइन र आइसोलेसनको अवस्था सन्तोषजनक नभएको भन्दै यसको यथाशिघ्र सुधार गर्नुपर्ने बताउँदै जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई सचेत गराए । व्यवस्थित ढंगले कोरोना परीक्षणको दायरा बढाउने, संक्रमितलाई उपयुक्त वातावरणमा आइसोलेसनमा राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्दै जनजीवनलाई सामान्यिकरण गर्नेतर्फ अघि बढ्न सरकारलाई उनको सुझाव छ ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









