८ भदौ, हेटौंडा । कोरोना महामारीका कारण देशमा लकडाउन र निषेधाज्ञा जारी भएको ५ महिना भएको छ ।
उद्योग, कलकारखाना, ब्यापार व्यवसाय, शैक्षिक संस्था ठप्प छन् । यही बन्दको समय सदुपयोग गर्दै हेटौंडा-६ का एक शिक्षक भने व्यवसायिक कृषिमा समय खर्चिरहेका छन् । हेटौंडा-६ शान्तिटोलमा रहेको मुनलाईट ईन्टरनेशनल स्कूलका संचालक एवं शिक्षक भरत सापकोटा कोरोना महामारीले विद्यालय बन्द भएपछि व्यवसायिक कृषिकर्ममा तल्लिन भएका छन् । व्यवसायिक कृषिको अवधारणाका साथ
उनले ५ जना युवाको समूह नै बनाई रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर नामक फर्म दर्ता गरि काम गरिरहेका छन् ।
३५ लाख रूपैयाँ भन्दा बढि खर्चेर कृषि व्यवसाय शुरू गरेका सापकोटासहितका युवाहरूको समय १५ कठ्ठा क्षेत्रफलमा फैलिएको कृषि फर्ममा नै वित्ने गरेको छ । लहरे तरकारी वाली, तितेकरेला, लौका, बोडी लगायतका मौसमी र बेमौसमी सिजनका तरकारी बाली, १२ सय लोकल कुखुरा, ३ वटा पोखरीमा विभिन्न प्रजातिका ५ हजार माछा रहेको रिसर्च सेन्टरका अध्यक्ष रहेका सापकोटाले जानकारी दिए ।
विषादी प्रयोग भएका उत्पादन भन्दा विषादीरहित उत्पादन उपभोक्ताले रुचाउने भएकाले मौसमी तथा बेमौसमी तरकारी खेतीसँगै केहि नयाँ प्रजातिका माछा, टर्की, लोकल र बोइलर कुखुरा र बाख्रा पालन गर्न तयारी रहेको बताए । आगामी बर्ष देखि वायो फ्लक प्रविधि मार्फत माछा पालन र तालिम सञ्चालन गर्ने योजनामा रहेको बताए ।
लकडाउन र निषेधाज्ञाले १ करोड रूपैयाँ बढि लगानी रहेको विद्यालय पूर्ण रूपमा बन्द भएपछि स्वरोजगार बन्ने उद्धेश्यले यता लागेको उनको भनाइ छ । युवाहरू कृषि क्षेत्रबाट पलायन भईरहेको अवस्था आफुहरू यो क्षेत्रमा लागेको भन्दै सरकारी एवं गैरसरकारी निकायबाट सहयोगको अपेक्षा गरिएको उनले बताए । भिडियो हेर्न लिंकमा क्लिक गर्नुस् । https://youtu.be/5zq2K7p4f3c
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







