९ भदौ, हेटौंडा । हेटौंडा-१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा चरम लापरवाही देखिएको छ ।
दैनिक कम्तिमा ३ सय नमूना परीक्षण हुन सक्ने ल्यावमा भदौ २ गतेपछिको रिपोर्ट एकसातासम्म आउन सकेको छैन । संक्रमितको दर 'खरायो गति' मा बढिरहँदा हेटौंडा ल्यावको परीक्षण 'शंखेकिरा गति' मा छ ।
भदौ २ गतेपछि संकलन गरिएका स्वाबको नमूना हेटौंडा-४ स्थित आइसोलेसनमा स्वाब संकलन गरि परीक्षणका लागि हेटौंडा-१० स्थित प्रयोगशालामा पठाइएकोमा रिपोर्ट मंगलबार विहानसम्म आएको छैन । 'प्रयोगशालाबाट नयाँ रिपोर्ट आएको छैन, आएपछि हामी सार्वजनिक गर्नेछौं'-आइसोलेसन वार्ड ईन्चार्ज भोला चौलागाईंले भने ।
हेटौंडा ल्यावमा खटिएका कर्मचारी र यसका नेतृत्वकर्ताले चरम लापरबाही गरेको गुनासो स्वाब संकलन गराएकाहरूको छ । 'गाउँमा सबै संक्रमितको दृष्टिकोणले हेर्छन्, ल्यावबाट ७ दिनसम्म रिपोर्ट आउँदैन, मर्नु न बाँच्नु भएको छ ।'- कन्ट्याक्ट ट्रेसिङमा परेका हेटौंडा-६ का प्रदिप ढुंगाना भन्छन्-'ल्यावको यस्तो बेथिति सुधार्न सरकार लाग्नु पर्दैन ?' हेटौंडा-१० की ७० बर्षीया एक महिलाले आफुले भदौ २ गते स्वाब दिएको तर संक्रमित हो कि होइन भन्ने कुराको अहिलेसम्म रिपोर्ट नआउँदा मानसिक तनाव बढेको गुनासो गरिन् ।
स्वाब नमूनाको चाप बढेको भन्दै प्रयोगशालाले भदौ ४ र ५ गते संकलित नमुना धुलिखेलमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा पठाइएको थियो । ति नमूनाको पनि रिपोर्ट आइनसकेको बताइएको छ ।
हेटौंडाको ल्याव बन्द गराउने चलखेलमा नमुना काभ्रे पठाइएको स्रोतको भनाइ छ । 'हेटौंडा ल्यावलाई पूर्ण क्षमतामा चलाउने, कर्मचारीको व्यवस्थित परिचालन गर्ने हो भने अहिलेको समस्या तुरुन्तै समाधान हुन्छ ।'-एक स्वास्थ्यकर्मीले भने-'तर त्यसमा कर्मचारी र नेतृत्व लाग्नु भन्दा यो ल्यावमा कृत्रिम समस्या देखाएर बन्द गराउने चलखेल शुरू भएको छ ।' ल्यावमा रहेकाहरूले जनशक्ति अभावलाई समस्याको रूपमा देखाएका छन् तर नेतृत्वले समाधानको पहल गरेको छैन । 'सबैले दोष हामीलाई दिन्छन् तर जनशक्ति बढाउन चासो दिंदैनन्, दबाबमा काम गरिरहनु परेको छ ।'-एक प्राविधिकले भने ।
हेटौंडाबासीले बेलैमा खबरदारी नगरे हेटौंडा ल्यावमा अझै बेथिति मौलाउने र बन्द हुने स्वास्थ्य क्षेत्रका जानकार बताउँछन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमले किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र प्रयोगशालाले तथ्यांक नपठाएको भन्दै सार्वजनिक रूपमा ताकेता गरेका थिए ।
प्रयोगशालाका प्रमुख नारायण कार्कीसंग बुझ्न खोज्दा उनले फोन उठाएनन् । कार्कीले अधिकांशलाई कहिले ड्राइभिङ गरिरहेको छु त कहिले अन्यत्र भएकाले बुझ्छु भन्ने जवाफ दिने गरेका छन् । आफू नेतृत्वमा रहेको ल्यावमा बेथिति मौलाउँदा समेत उनी सुधारमा उदासिन छन् ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









