१२ भदौ, हेटौंडा । सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी ठगी गर्ने हेटौंडाका एकसहित ३ जनालाई प्रहरीले चितवनमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भिमाद-५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी-१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् ।
उपहार पठाउने बहानामा उनीहरूले चितवन भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी २ लाख ५३ हजार २ सय ४० र मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई २ लाख ७५ हजार ६ सय ४५ ठगी गरेको गुरुङले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमति पत्र बरामद गरिएको र सो परिचय पत्रका आधारमा रकम निकाली उक्त रकम सत्कार लुँईटेल, रामकुमार तामाङ, निशाकुसुम भट्टराई, लोकप्रसाद भूर्तेल, मञ्ज केसी र तोजबहादुर केसीको खातामा पठाउने गरेको पाईएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा विदेशीको फोटो राखेर नक्कली अकाउन्ट खोली विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गर्ने गरे पाइएको छ ।
लुइँटेललाई केही दिन अघि वडा प्रहरी कार्यालय हेटौँडाबाट खटि गएका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलीले हेटौँडा-४ बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवन पठाएको थियो।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















