Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फेसबुक, इन्स्टाग्राम र ह्वाटसएपबाट प्रलोभनमा पारी यसरी भयो ठगी (घटना विवरण)

thagi-2882020062158-1598606016.jpg

सांकेतिक तस्विर

१२ भदौ, हेटौंडा । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाटसएपको प्रयोग गरी ठगी गर्ने हेटौंडाका एकसहित ३ जनालाई प्रहरीले चितवनमा पक्राउ गरेपछि उनीहरूले कसरी सर्वसाधारणलाई फसाउँदा रहेछन् भन्न खुलेको छ ।
चितवन प्रहरीका अनुसार यस्तो घटना विवरण
जिल्ला चितवन राप्ती न.पा.वडा नं.०८ खुरखुरे स्थित मेसन मनी ट्रान्सफरबाट प्रेम बहादुर राना नाम गरेको व्यक्तिले शंकास्पद तबरले पटक पटक ठुलो परीमाणमा रकम निकालेको सुराकी प्राप्त भएकोमा मिति २०७७/०४/२० गते उक्त मनी ट्रान्सफरमा निज आएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय खैरहनीबाट प्रहरी टोली खटी गई निजलाई नियन्त्रणमा लिई निजको शरीर खानतलासी गर्दा निजको साथमा  राज कुमार थापा मगर नामको ना.प्र.प.को प्रतिलिपि, सक्कलै सवारी चालक अनुमती पत्र, निजैको फोटो रहेको प्रेम बहादुर रानाको नामको नक्कली सवारी चालक अनुमती पत्रको प्रतिलिपि समेतका कागजातहरु फेला परेकोले बरामद गरी निज राज कुमार थापा मगरलाई पक्राउ गरिएको । 
राज कुमार थापा समेतले सामाजिक सञ्जाल ईन्स्टाग्राम र ह्वाटसएपको प्रयोग गरी उपहार पठाई दिने भनि रु. १,६१,९५९/- र सन्जना पाठकको नाममा रु.९०,२८१/- र रु.१,०००/- गरी जम्मा नगद रु.२,५३,२४०/- ठगी गरेको भनि मिति २०७७/०४/२१ गतेका दिन जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२० शारदानगर बस्ने आरती रानाले किटानी जाहेरी दरखास्त पेस गरेको । 
राज कुमार थापा समेतले सामाजिक सञ्जाल फेसबुक मार्फत जिल्ला मोरङ लेटाङ न.पा.९ बस्ने बिष्णु कुमारी राईलाई उपहार पठाई दिने भनि रु.१,८५,१९०/- र सन्जना पाठकको नाममा रु.८९,४०५/- र रु.१,०५०/-  गरी जम्मा नगद रु.२,७५,६४५/- ठगी गरेको भनि मिति २०७७/०४/२८ गतेका दिन निज बिष्णु कुमारी राईको भतिजा नाताका जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.११ बस्ने केशव पाल्पाली कुमालले किटानी जाहेरी दरखास्त पेस गरेको । 
पक्राउ परेका राज कुमार थापा मगरले आफ्नो फोटो राखी बनाएको प्रेम बहादुर रानाको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमती पत्रको प्रयोग गरी र हाल सम्म नामथर, वतन नखुलेको महिलाले सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमती पत्रको प्रयोग गरी रकम निकालेको र उक्त रकम सत्कार लुईटेल, राम कुमार तामाङ, निशा कुसुम भट्टराई, लोक प्रसाद भुर्तेल, मञ्जु के.सी.र तोज बहादुर के.सी.को बिभिन्न बैंक खातामा जम्मा गरेको देखिएको।
पक्राउ परेका राज कुमार थापा मगरको सहोदर भाई जिल्ला तनहुँ भिमाद न.पा.वडा नं.५ राङरुङ घर भएका हाल भारतको दिल्लीमा बस्ने बर्ष ३७ को सुरज भन्ने सोमराज थापा मगरले उल्लेखित ब्यक्तिहरुको सहयोगमा जाहेरवालाहरुबाट रु. ५,२८,८८५।- र अन्य बिभिन्न ब्यक्तिहरुबाट रु.६,५७,९७५/- ठगी गरेको अनुसन्धानबाट खुल्न आएको । 
निज राज कुमार थापाको साथमा निजको फोटो राखी बनाएको प्रेम बहादुर रानाको नामको नक्कली सवारी चालक अनुमती पत्र बरामद भएकोले निजको हकमा लिखत सम्बन्धि कसुरमा समेत मुद्दा दर्ता गरी अनुसन्धान गरिएको ।
मुद्दाको अनुसन्धान कार्य सम्पन्न गरी मिति २०७७/०५/११ गते ठगी मुद्दा र लिखत सम्बन्धि कसुर समेत मुद्दा अनुसन्धान प्रतिवेदन सहित जिल्ला सरकारी वकील मार्फत सम्मानित जिल्ला अदालत चितवन पेस गरिएको । 
कस्तो प्रवृत्ति?
१.  ईन्स्ट्राग्राममा बिदेशीको फोटो राखी नक्कली खाता खोलि बिभिन्न मानिसहरु (बिशेष गरी महिला) लाई साथि बनाई ईटली, अमेरिका, अष्ट्रेलिया, सिंगापुर,फ्रान्स जस्ता बिकसित देशबाट बोलेको भनि कुराकानी गर्ने ।
२.  कुराकानीको क्रममा घनिष्टता बढाई उपहार ( IPhone, ब्राण्डेड ब्यागहरु, ब्रासलेट गहनाहरु ईत्यादी) पठाई दिन्छु भन्ने र पाउने व्यक्तिको ठेगानामा सामान कुरियर गरेको बिल र सामानहरुको समेत फोटो पठाई विश्वाेस दिलाउने । 
३.  सामान पठाउन कुरियरको फि र कर वापतको ५०० देखि ८०० डलर लाग्ने भनि मनि ट्रान्सफरमार्फत पैसा पठाउन लगाउने । 
४.   पुन: सामान भारतको एयरपोर्टमा आई पुगेको र कस्टम, वेयरहाउस फि, लेट फि आदि नतिरेको कारण सामान रोकिएको भनि कुरियर कम्पनीको नामको  ईमेलबाट सम्पर्क गरी १५०० लाग्ने भनि मनि ट्रान्सफर मार्फत पैसा पठाउन लगाउने । 
पक्राउ मानिसहरु 
१. जिल्ला तनहुँ भिमाद न.पा.वडा नं.५ राङरुङ बस्ने बर्ष ४० को राज कुमार थापा मगर ।
२. जिल्ला चितवन खैरहनी न.पा.वडा नं.१२ सिसाहनी बस्ने बर्ष २८ को शिवराज पाठक । 
३. जिल्ला धादिङ धुनीवेशी न.पा.वडा नं.२ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने बर्ष ३० को सत्कार लुईटेल ।
फरार मानिसहरु
१. जिल्ला तनहुँ भिमाद न.पा.वडा नं.५ राङरुङ बस्ने छोरा अं.बर्ष ३७ को सुरज भन्ने सोमराज थापा मगर ।
२. जिल्ला धादिङ धुनीवेशी न.पा.वडा नं.२ घर भई हाल जिल्ला काठमान्डौ म.न.पा.वडा नं.१५ चागल बस्ने बर्ष ३५ को राम कुमार तामाङ ।
३. जिल्ला स्याङ्जा चापाकोट न.पा.वडा नं.६ घर भई हाल जिल्ला पाल्पा रामपुर न.पा.वडा नं.५ बस्ने बर्ष ३० की निशा कुसुम भट्टराई ।
४. जिल्ला नवलपरासी देवचुली न.पा.वडा नं.१२ बस्ने बर्ष ३६ को लोक प्रसाद भुर्तेल ।  
५. जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा.वडा नं.९ बस्ने बर्ष ४१ को तोज बहादुर के.सी. । 
६.  जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा.वडा नं.९ बस्ने बर्ष ३५ की मञ्जु के.सी.।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार