१५ भदौ, हेटौंडा । बागमती प्रदेशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ । सरकारले कोरोनाको जोखिम रोक्न मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।
प्रदेशका कतिपय जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञासहितका कडाईका उपाय अवलम्बन गर्दै कोरोनाको जोखिम रोक्ने प्रयास भईरहेको छ । तर सर्वसाधारणलाई घरभित्र बस्न, अनावश्यक हिडडुल नगर्न, मास्क प्रयोग गर्न र भौतिक दुरी कायम गर्न सुझाव दिने बागमती प्रदेश सरकारका मूख्यमन्त्रीदेखि मन्त्रीसम्म कार्यक्रम गर्दै टाँसिएर फोटो खिचाईरहेका छन् । बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विके, प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक अध्यक्ष श्याम बस्नेतसहितका पदाधिकारी बिना मास्क कार्यक्रममा उपस्थित भएका छन् ।
यो दृष्य अन्त कतै नभई मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडामा नियुक्त भएका पदाधिकारीहरुको सोमबार हेटौंडामा भएको सपथग्रहण कार्यक्रमको हो । स्वास्थ्य क्षेत्रका हस्तिहरुको सपथग्रहण कार्यक्रममा उनीहरुले नै कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । कार्यक्रममा रजिस्ट्रारमा राजेश प्रसाईं, निर्देशक डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुडालले ४ बर्षे कार्यकालका लागि सपथ लिएका छन् । सपथग्रहणपछिको फोटोसेसन रोचक छ । मूख्यमन्त्री डोरमणी पौडेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालसहित सबैजना टाँसिएर बसेका छन् । फोटोमा मूख्यमन्त्रीकै राजनैतिक सल्लाहकार जेएन थपलियादेखि कतिपयले मास्क चिउडोमा लगाएका छन् त कतिपयले हातमा लिएका छन् ।
यसले सरकारका जिम्मेवार व्यक्तिको ‘अरुलाई दुरी कायम गर्न भन्ने, आफु टाँसिएर फोटो खिचाउने’ प्रवृत्तिलाई छर्लङ्ग पारेको छ । उसो त पार्टी प्रवेश कार्यक्रम गरेर सामुहिक फोटो सेसन गरेको बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको तस्विरको पनि केही दिनअघि आलोचना भएको थियो । सर्वसाधारणले सरकारका जिम्मेवार पदाधिकारीदेखि नेतासम्मले अरुलाई भन्ने तर आफु उल्लंघन गर्ने प्रवृत्ति देखाएको भन्दै आलोचना गरिरहेका छन् । उनीहरुले सर्वधारणका लागि मात्रै ऐनको प्रवृत्ति अन्त्य हुनुपर्ने आवाज उठाईरहेका छन् ।
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...


















