File Photo
१७ भदौ, काठमाडौँ । नेपाली कांग्रेस उपसभापति बिमलेन्द्र निधि यतिबेला पार्टीभित्र चर्चाको केन्द्रमा छन् । सभापति शेरबहादुर देउवाको दाबीका बीच आफूले पनि सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि उनी चर्चामा आएका हुन् । उनको उम्मेदवारी घोषणाले पार्टीभित्र संस्थापन र इतरपक्ष दुवैतिरको समूहमा ‘कम्पन’ गराएको छ । यसबाट पार्टीभित्र कायम रहेको परम्परागत समीकरण नै बदलिने अनुमान दुवै पक्षका नेताहरूले गर्न थालेका छन् ।
संस्थापन पक्षमा पार्टी सभापति शेरबहादुर देउवालाई एकल उम्मेदवार ठानिएको थियो । नेतृत्वमा दोहोरिन देउवाले आफ्नो तयारी अघि बढाइरहेकै थिए । निधिले भदौ ४ गते भेटेरै आफ्नो उम्मेदवारीबारे जानकारी गराएपछि भने देउवा ‘सक’ मा परेका छन् । तर उनमा अझै आफू उठेपछि निधि पछि हट्छन् भन्ने बुझाइ रहेको निकट नेताहरू बताउँछन् ।
देउवाले छाडेनन् भने निधि के गर्लान्, निधि साँच्चै पछि हटेनन् भने देउवा के गर्लान् जस्ता सवालहरू अहिले कांग्रेसको अनौपचारिक बैठकका बहस बनेका छन् । निधिले देउवासँग भेटेर उम्मेदवारीको जानकारी मात्रै गराएनन्, ‘तपाईंको उम्मेदवार नै म हुन चाहन्छु’ भनेर सहयोगको आग्रह गरेका थिए । देउवाले १५ औं महाधिवेशनसम्म कुर्न आग्रह गरे तर निधि सहमत भएनन् । असहमतिबीच बूढानीलकण्ठबाट निस्केका निधिले आफ्नो तयारीको ‘गियर’ बढाएका छन् । उनको उम्मेदवारी घोषणा र अहिले गरिरहेको तयारीले पार्टीमा कायम रहेको परम्परागत पोखरीमा छाल आएको छ । ‘अब सबैलाई निधि उम्मेदवार हो भन्ने परिसकेको छ, तर पार्टी सभापतिलाई नै अझै परेको जस्तो लागेको छैन,’ निधिनिकट एक नेताले भने, ‘उहाँले फेरि एकपटक सभापतिलाई भेटेर दिमागमा पर्ने गरी नै उम्मेदवार हो र पछि हट्दिनँ भन्ने गरी प्रभाव पार्न खोज्नुभएको छ, त्यसका लागि केही दिनमै सभापतिसँग भेट्ने तयारीमा हुनुहुन्छ ।’
निधिको स्वभावबारे जानकार नेताहरूले उनको उम्मेदवारी घोषणालाई गम्भीरताका साथ लिएका छन् । आफूलाई लागेको विषयमा अडान राख्ने र कुरा नमिले हस्तक्षेपसमेत गर्न सक्ने स्वभाव उनमा छ । यही स्वभावका कारण कतिपय मुद्दामा सभापति देउवासँग समेत उनको चर्काचर्की पर्ने गर्छ । जस्तो– गत असार तेस्रो साता केन्द्रीय कार्यसमितिकै बैठक लम्बिने भएपछि देउवा सबै निर्णय एकैसाथ गर्ने पक्षमा थिए । तर, निधि नागरिकता विधेयकमा पार्टीको धारणा ल्याइहाल्नुपर्ने पक्षमा उभिए । यो विवादमा दुई नेताबीचको चर्काचर्की भयो ।
(इकान्तिपुरबाट)
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









