८ असार, हेटौँडा । हेटौँडामा आपुर्ति व्यवस्थापन विभाग काठमाडौंले विहिबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका र लेबल नभएका सामान बेचिएको पाइएको छ । हेटौंडा बजारका विभिन्न खाद्यान्न पसल र होटलहरुमा गरिएको अनुगमनका क्रममा यस्तो पाईएको हो ।
अनुगमनका क्रममा हेटौंडाको टिसीएन रोडस्थित बिशाल स्टोर्समा ४७ बोतल किन्ले सोडा ड्रिंक, भुटनदेवी मन्दिररोडस्थित पवित्र मिल्क एण्ड फुड प्रालिमा दुग्ध उत्पादनहरुमा उत्पादन मिति, उपभोग्य मिति लगायतका लेबल नराखी बिक्रि बितरण गरेको पाईएको क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका जगत प्रकाश चौधरीले बताए ।
अनुगमन टोलीले लेबल नलगाइएका उत्पादनहरुलाई संकलन गरी लेबल लगाउन पसल संचालकहरुलाई निर्देशन दिएको र म्याद नाघेका सोडा ड्रिंक, आइसक्रिम बनाउनका लागि प्रयोग गरिने बास्नादार केमिकल नष्ट गरेको छ ।
आपुर्ति व्यवस्थापन विभागका अधिकृत पवन कुमार प्याकुरेलको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत शिव प्रसाद भण्डारी, क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका जगत प्रकाश चौधरी सहित, उपभोक्ता हित संरक्षण मञ्चका सचिव मदन प्रसाद रिमाल लगायतको सहभागिता रहेको थियो ।
फाइल तस्विर
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















