१८ भदौ, हेटौंडा । झापामा चुनाब हारे पनि बागमती प्रदेशमा प्रदेश प्रमुख बनाईएका विष्णुप्रसाद प्रसाईका छोरालाई सरकारी नियुक्ति दिईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएपछि नेकपामा परिवारवाद र क्षेत्रीयतावाद हावी भएको चर्चा शुरु भएको छ । झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा पराजित बुबा विष्णुप्रसाद प्रसाईलाई वागमती प्रदेश प्रमुखमा नियुक्त गरेको सरकारले उनका छोरा राजेशलाई प्रदेश सरकार अन्तरगतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्टारमा नियुक्त गरेको छ ।
विष्णुप्रसाद तत्कालीन एमालेका पुराना नेता हुन् । उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका आचार्यले २० हजार ७७६ मत ल्याएका थिए । तत्कालीन एमालेका उम्मेद्वार प्रसाईंले १९ हजार ४२२ मत ल्याएका थिए ।
पालिकाको चुनावमा पराजित भएका प्रसाईलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले १९ कात्तिक २०७६ मा बाग्मती प्रदेशको प्रमुख प्रमुखका रुपमा सपथग्रहण गराएको थियो । उनै प्रदेश प्रमुखका छोरा राजेश प्रसाईलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाको रजिष्टारमा नियुक्त गरेका छन् । बाबुछोरालाई नै सरकारी नियुक्ति दिईएपछि नेकपामा भने यो विषयले ठूलै खैलाबैला मच्चिएको जनाईएको छ । परिवारवाद हावी भएको भन्दै यसले नेकपाप्रति जनतामा राम्रो छवि नजाने भन्दै यसलाई पुर्नविचार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नियुक्ति दिंदा उनकै क्षेत्र प्रदेश नम्बर १ मा नदिएर बागमती प्रदेशमा नियुक्ति दिनुले बागमती प्रदेशमा योग्य व्यक्ति नभएकै हो त भन्दै नेकपाभित्रै कटाक्ष भईरहेको छ ।
को हुन् राजेश प्रसाई ?
विष्णुप्रसाद प्रसाईका छोरा राजेशसँग अस्पताल म्यानेजमेन्टको अनुभव छ । उनले यसअघि विराटनगरको विराट आँखा अस्पताल, सञ्जिवनी अस्पताल, काकडभिट्टा आँखा अस्पताल, विराटनगरको आरके चिल्डेन अस्पतालका सल्लाहकार र आरके सिटी सेन्टरमा व्यावस्थापकको भूमिका निर्वाह गरेका थिए । विराट, सञ्जिवनी र काकड्भिट्टा अस्पतालमा उनको लगानीसमेत छ ।
केही वर्षअघि गोल्छा आँखा अस्पताल बिराटनगरबाट म्यानेजमेन्टको काम सुरु गरेका प्रसाईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्तिको तयारी थियो । तर, वीपीमा सम्भव नभएपछि उनी वागमती प्रदेश सरकारले २०७६ सालमा गठन गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको रजिष्ट्रारमा नियुक्त भएका हुन् ।
(अनलाईनखबरको सहयोगमा)
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...


















