Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसद्वारा स्वागत तथा कानूनी प्रशिक्षण

2-1498213914.jpg

९ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले जिल्लामा नेपाली काँग्रेसबाट स्थानीय तहमा विजयी १ सय ४७ जना जनप्रतिनिधिहरुलाई शुक्रबार स्वागत तथा कानूनी प्रशिक्षण दिएको छ ।

नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा स्वागत तथा कानूनी प्रशिक्षण कार्यक्रम गरिएको हो । नवनिर्वाचित प्रतिनिधिहरुलाई पार्टी सभापति बानियाँ र केन्द्रीय सदस्य उपाध्यायले खादा तथा टिका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमूख अतिथि उपाध्यायले नवनिर्वाचित प्रतिनिधिहरुले अव गाउँ नगरमा विकासको काममा सक्रिय भएर लाग्नुपर्ने बताउँदै कानूनी प्रशिक्षणबाट आफूले गर्नुपर्ने धेरै काम कर्तव्यको ज्ञान हासिल गर्ने भएकोले बुझ्न अनिवार्य रहेको बताए ।

त्यस्तै पार्टी सभापति बानियाँले नवनिर्वाचितहरुलाई स्वागत गर्दै कानूनी प्रशिक्षणले जनप्रतिनिधिहरु जिम्मेवार बन्ने र आफूले गर्नुपर्ने काम कर्तव्यको बारेमा जानकार भई विकास निर्माण र सामाजिक कार्यमा लाग्न आग्रह गरे । पार्टीका कार्यबाहक सभापति विष्णु लामिछानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अधिबक्ता अमृत लामाले जनप्रतिनिधिहरुले गर्नुपर्ने काम, कर्तव्य, अधिकार र कानूनको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पार्टीका जिल्ला सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार उमा दाहाल, प्रवक्ता प्रदिप कोईराला, संगठन विभाग प्रमूख कृष्ण सञ्जेल, जिल्ला सदस्यहरु, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय सभापतिहरु, नगर सभापतिहरु तथा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

10-1498213914.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार