१० असार, हेटौँडा । असारमा आफ्नो खेतको रोपाईमा व्यस्त हुनुपर्ने हेटौँडा–१७ राजदेवीका किसानले शनिबार सडकमै रोपाई गरेका छन् ।
सवारीसाधन गुडिरहेको ग्राभेल सडकमा ठेकेदार कम्पनीले माटो हालेर हिलाम्मे बनाई दिएपछि उनीहरुले सडकमै रोपाई गरेका हुन् । सडक विस्तार गर्ने भन्दै ठेकेदारले असारको पहिलो साता राजदेवीदेखि दोभानचौरसम्मको ४ किलोमिटर क्षेत्रमा रातो माटो विछ्याएको छ । बर्षायाममा रातोमाटो विछ्याएकाले सडक हिलाम्मे भई यातायात ठप्प भएको स्थानीय डेकराज धमलाले बताए । ‘असारमा रातो माटो हालेर हिलाम्मे भएपनि विरामी ल्याउन एम्बुलेन्स समेत नचल्ने अवस्था छ, प्रशासनको ध्यान ज्याओस् र काम राम्रो होस् भन्ने हाम्रो भनाई छ ।’–स्थानीय कृष्णप्रसाद सञ्जेलले भने ।
चुनडाँडादेखि दोभानचौरसम्मको सडक विस्तारका लागि ५ करोडको ठेक्का सिंह एण्ड ब्रर्दशले पाएको थियो । स्थानीयले मंसिरदेखि नै सडक विस्तारका लागि खेति गर्ने खेत खालि राखेपनि बर्षामा माटो विछ्याएर हिलाम्मे पारेपछि उनीहरु आक्रोशित भएका छन् । असार मसान्तमा भुक्तानी लिने उद्देश्यले काम गरेको भन्दै गुणस्तरीय काम नभएसम्म ठेकेदारलाई भुक्तानी दिन नहुने स्थानीय खानीमाया गुरुङको भनाई छ ।
सडक विस्तारका क्रममा ढलको व्यवस्था नहुँदा धेरैको घरभित्र पानी जमेर आहाल बनेको छ । सदरमुकाम हेटौँडाबाट पूर्वी क्षेत्रको ग्रामिण भेगसम्म जाने सडक अवरुद्ध हुँदा यस क्षेत्रका दुग्धजन्य उत्पादन बजार पुर्याउन, विद्यार्थीलाई विद्यालय आउन र एम्बुलेन्स समेत संचालन हुन समस्या परेको भन्दै समाधानका लागि प्रशासन र जनप्रतिनिधिहरुसंग उनीहरुले आग्रह गरेका छन् ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















