Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बीपीको जन्म जयन्ती: कांग्रेस मकवानपुरद्वारा फुड बैंकका लागि २५ हजार सहयोग

20200909_144333-1599641987.jpg

२४,भदौ,हेटौँडा।  नेपालका प्रथम  जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस मकवानपुरले  फुड बैंक संचालन गर्दै आएको  हेटौंडा ५ मा रहेको सानोपोखरा क्लवलाई २५ हजार सहयोग गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति बानियाँले फुड बैंकका संचालन भएको स्थान सानोपोखरा चोकमा पुगेर क्लवका अध्यक्षलाई नगद २५ हजार सहयोग गरेका छन्। 

नेता बानियाँले बुधबार बिहान  खाद्यान आदानप्रदान कार्यक्रमका संयोजक विशाल महत र क्लवका अध्यक्ष उमेश महतलाई संयुक्तरूपमा रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै नेता बानियाँले हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔ नारासहित क्लवले एक शातादेखि कोरोना महामारीका कारण कुनै काम नभएर श्रम गर्न नपाएका श्रमिक, मजदुरहरुलाई प्रदान गरेको खाद्यान्न सहयोगको निरन्तरताका लागि र हौसला प्रदान गर्न रकम सहयोग गरेको बताए। 

रकम हस्तान्तरण कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, तरुण दल नगर सभापति सुनिल गिरी, लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सचिव प्रदिप कँडेल, समाजसेवी राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।यस अघि आजै मात्र भर्खरै कोरोना जित्न सफल भएका कांग्रेस हेटौँडा उपमहानगरपालिकाका नगर सभापति आनन्दराम पराजुलीले आफुले कोरोना बिमा मार्फत पाउने रकम मध्य १५ हजार उक्त बैंक संचालनार्थ सहयोग गरेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार