२ असोज, काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र भ्रातृ एवं शुभेच्छुक संघसंस्थाले विविध कार्यक्रम गरी देशभर मनाउँदै छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण प्राय सबैजसो कार्यक्रम प्रविधिको प्रयोग गरी गर्ने तयारी भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल थिए । २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।
वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । २००७ साल अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील भए ।
२०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताए । २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । २०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहे ।
तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरे । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका हुन् ।
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)