Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

खेलग्राम निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान

youth-and-sports-ministry-1600691976.jpg

५ असोज, हेटौंडा । युवा तथा खेलकुद मन्त्रालयले स्थानीय तहमा निर्माण गरिने खेलकुद पूर्वधार (खेलग्राम) निर्माणका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
मन्त्रालयले सोमबार एक सूचना निकाल्दै स्थानीय तहलाई खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो । 
चालु आर्थिक वर्ष २०७७÷७८ का लागि मन्त्रालयले थप ३० वटा पालिकामा खेलग्राम निर्माणको लागि प्रस्ताव पेश गर्न आह्वान गरेको हो । मन्त्रालयले प्रथम पटक प्रकाशित सूचनाको ३५ दिन भित्र आवश्यक प्रक्रिया पुरा गरेर मन्त्रालयको खेलकुद पूर्वाधार विकास शाखा वा राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरमा प्रस्ताव पेश गर्न सकिने जनाएको छ । 
स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण सम्बन्धी कार्यविधि र मन्त्रालयले पठाएको नमुना खेलग्रामको अवधारणा अनुसार प्रस्ताव पेश गर्नु पर्नेछ । जसमा फुटबल मैदान, क्रिकेट मैदान, भलिबल मैदान, कभर्ड हल, ट्रयाक एन फिल्ड, वाकिङ रुट, फुट ट्रेल, स्वीमिङ पुल, विचरण पार्क लगायतका पूर्वाधार समेटिनु पर्नेछ । 
सरकारले देशभरका स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माण गर्ने उद्धेश्यले ‘एक स्थानीय तहमा एक खेलग्राम’ को नीति ल्याएको थियो । सरकारले ७० प्रतिशत र स्थानीय तहले ३० प्रतिशत लगानी व्यवस्थापन गर्ने मोडालिटी सहितको खेलग्रामको अवधारणा अघि सारेको हो । 
खेलग्राम निर्माणका लागि सरकारले गत वर्षबाट बजेट बिनियोजन समेत गर्न सुरु गरेको थियो । स्थानीय तहसँगको साझेदारीमा मन्त्रालयले गत वर्षबाट ८४ वटा पालिकामा खेलग्राम निर्माण सुरु गरिसकेको छ ।
 

119962088_335622521113587-1600691976.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार