५ असोज, हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा सचिवालयले सोमबार बागमती प्रदेशमा कोभिड १९ र बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले पारेको असर र न्यूनिकरणका लागि भएका प्रयासबारे अन्तरक्रिया गरेको छ ।
भिडियो कन्फ्रेन्स मार्फत अन्तरक्रिया भएको हो । कोरोनाका कारण संसद बैठक बस्न नसकेको अवस्थामा भिडियो कन्फ्रेन्समार्फत अन्तरक्रिया गरिएको जनाईएको छ । अन्तरक्रियामा मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले प्रदेशका विभिन्न ८ वटा जिल्लाहरुका अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गरी कोरोना नियन्त्रणका कामलाई अघि बढाएको बताए । उनले स्थानीय तह र संघीय सरकारसँगको समन्वयमा आईसोलेसन तथा क्वारेन्टाईन ब्यवस्थापन गरिरहेको र पिसिआर परिक्षणको दायरा बढाइएको दाबी गरे ।
कार्यक्रममा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बाँनियाँले सरकारले कोरोनाको महामारीले प्रभावित विभिन्न क्षेत्रमा दैनिक ज्यालादरी गर्ने मजदुरहरुलाई यो चाडपर्वको समयमा स्थानीय तहसँगको समन्वयमा आर्थिक रुपमै सहयोग गर्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा प्रदेशसभा सदस्यहरुले सरकारले थप जिम्मेवार भएर महामारी नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयको तर्फबाट डा. पुरुषोत्तमराज सेढाईले सामाजिक विकास मन्त्रालयबाट कोभिड १९ को सम्बन्धमा भएका कामको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । बागमती प्रदेशका माननीय सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सचिव कृष्णहरी खड्काले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका माननीय उपसभामुख राधिका तामाङ, संसदको विषयगत समितिका सभापतिहरु ,प्रदेश सभाका सदस्यहरु, प्रमुख सचिव डा. मानबहादुर बिक, प्रदेश सरकारका मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









