Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशले ३ अर्ब सहुलियतपूर्ण ऋण लगानी गर्ने

CM-Office-Bagmati-1599718-1600861857.jpg

७ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा  ऋण उपलब्ध गराउने भएको छ । 
बुधबार बसको मन्त्री परिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन कार्यविधि समेत पास गरेको छ ।
कार्यबिधी अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गरीने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुगेलले जानकारी दिए । 
कृषि बिकास बैक मार्फत हुने लगानीले देशमा रोजगार र ब्यबसाय बढ्ने सरकारले अपेक्षा गरेको छ । लगानी पश्चात सरकारले वेरोजगार युवा जनशक्तिहरुलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवर्द्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनर्उत्थान गरीने मन्त्री ढुगेलले जानकारी दिए ।
सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी  कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागी सम्बन्धीत मन्त्रालयका मन्त्री सयोजक हुनेगरी निर्देशक समिति रहने छ । यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव सयोजक रहनेगरी समिति बनाइएको छ ।
प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी, उद्योग व्यवसाय,पर्यटन प्रवर्द्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग,महिला उद्यमशीलता,दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापन तर्फ ऋण लगानी गर्ने भएको छ।
यसैगरी, बैठकले नै प्रहरी इकाई भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने, प्रदेश विश्वविद्यालयको भौतिक पुर्वाधार, बिधेयक, सङ्गठानात्मक संरचना, तथा पाठ्यक्रमको आधारभुत संरचना समेतका लागि सिफारिस गर्न कार्यदल गठन गरी काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता मन्त्री ढुङ्गेलले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार