Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडको पहिलो जित

0_GettyImages-1186717933-1601129500.jpg

१० असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित निकालेको हो ।
ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउदै युनाइटेडले जित निकालेको हो ।
खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ४३ औं मिनेटमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरेपछि पहिलो हाफको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको ५५ औं मिनेटमा मार्कस रास्फोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।
खेलको इन्जुरी समयको पाँचौ मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटन २-२ को बराबरीमा ल्याए ।
तर, इन्जुरी समयको ११ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाए ।
ब्राइटनका माउपेले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि भीएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पाएको थियो ।
जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । युनाइटेड तालिकाको १३ औं स्थानमा रहेको छ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
ब्राइटनको यो दोस्रो हार हो । ३ खेल खेलेको ब्राइटनको ३ अंक रहेको छ । ब्राइटन तालिकाको दशौँ स्थानमा रहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार