Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१६ मा ८९ जना नेपाली कांग्रेसमा प्रवेश

20200928_180510-1601295664.jpg

१२ असोज, हेटौंडा । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका १६ जुरेन्युरो टोलमा सोमबार बडादशैंको शुभकामना आदानप्रदान तथा विभिन्न पार्टी प्रवेश कार्यक्रम गरेको छ ।
कांग्रेस हेटौंडा १६ का सभापति एवं वडा अध्यक्ष रामकृष्ण कोईरालाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा वडादशैंको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिका १६ जुरेन्युरो टोलका नेकपा र राप्रपाका ८९ जनालाई नेपाली कांग्रेसमा प्रवेश गराएको छ । नवप्रवेशीहरुलाई नेता बानियाँले पार्टीको सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी स्वागत गर्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति बानियाँले जनताले ठूलाचे आशाका साथ कम्युनिष्टलाई भोट दिएपनि अहिले जनताको आशामा तुसारापात गरेको बताउँदै कोरोनाको महामारीमा आक्रान्त बनेका जनतालाई कम्युनिष्ट सरकारले पिसिआर, खाद्यान्न वितरण, आईशोलेशन र क्वारेन्टाईन बनाउने नाममा करोडौं भ्रष्टाचार गरिरहेको बताए ।
नेता बानियाँले अहिलेको कम्युनिष्ट सरकारले किसान, मजदुर, गरिबको नाममा राजनीति गरेर सरकारमा पुगेपछि आफू र आफ्नो छोराछोरीलाई भ्रष्टाचारमा कसरी लिप्त हुने र धन कमाउन सिकाईरहेको बताउँदै कोरोना महामारीमा विद्यालयमा पढाउन असम्भव भएकाले गाउँगाउँमा ईन्टर, विद्युतको पहुँच पुर्याएर शिक्षकलाई अनलाईबाट पढाउन सिकाउन तालिम दिलाउन सरकारसंग माग गरे ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, नामदेव सिलवाल र भीमसेन महत, क्षेत्रीय सचिव जनक धिताल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, पूर्व जिल्ला सदस्य कृष्णप्रसाद सापकोटा, वडा सल्लाहकार हरिप्रसाद अर्याल, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल जिल्ला सचिव सचित थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गीता राईको अध्यक्षतामा ९ सदस्यीय जुरेन्युरो टोल समिति समेत गठन गरेको छ । जसको उपाध्यक्ष सुर्य श्रेष्ठ, सचिव सीमा गौतम र सदस्यहरुमा अर्जुन बि.क., गणेश प्रजा, दीपक राई, सुनिता राई, रुपेश सुवेदी र विनोद बस्ताकोटी रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार