Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

संयुक्त ट्रेड युनियन बागमती प्रदेशको अन्तरक्रिया सम्पन्न

aaaa-1601298447.jpg

१२ असोज, हेटौंडा । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समितिको आयोजनामा श्रम क्षेत्रमा विद्यमान समस्याका सन्दर्भमा त्रिपयीय अन्तरक्रिया कार्यक्रम भएको छ । 
कार्यक्रममा कोभिड–१९ का कारण श्रमिक तथा श्रम क्षेत्रमा पर्न गएको असर लकडाउन अबधिमा श्रमिकको पारिश्रमिक भुक्तानी र त्यसको समाधान सम्बन्धि सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम भएको हो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समतिका संयोजक एवं नेपाल ट्रेड युनियन कांग्रेसका बागमती प्रदेश अध्यक्ष घनश्याम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतित्थ्यता रहेको थियो । 
जिफन्ट बागमती प्रदेशका सचिव अर्जुन अर्यालले सहजिकरण गरेको कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, सन्तराम प्रजा, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उद्योग संघ मकवानपुर, श्रम कार्यलय हेटौंडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा जेटियुसीसी बागमती प्रदेश समन्वय समितिका संयोजक घनश्याम चापागाईले कार्यपत्र प्रस्तुत गरेका थिए । संयोजक चापागाईले प्रस्तुत गरेको कार्यपत्र माथी अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर उपाध्यक्ष रामशरण घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश उपाध्यक्ष कुमार पौडेल लगायतले टिप्पणी गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार