१३ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्षका प्रत्यासी कमल दोङसहित विभिन्न पार्टी परित्याग गरी ७७ जना मंगलबार नेपाली कांग्रेस मकवानपुरमा प्रवेश गरेका छन् ।
कांग्रेस मकवानपुरले मंगलबार हेटौंडा उपमहानगरपालिका १९ सान्नीटार र हेटौंडा ५ सानोपोखरामा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसकोे हेटौंडा १९ सान्नानीटारमा वडा सभापति धनबहादुर गुरुङको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपाबाट स्थानीय तहमा वडा अध्यक्षका प्रत्यासी दोङसहित नेकपा, नयाँशक्तिलगायतका पार्टीबाट ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
यसैगरी मंगलबार नै हेटौंडा ५ सानोपोखरामा भएको कार्यक्रममा हेटौंडा १० भुटनदेवि रोडका १४ जना र मनहरी गाउँपालिका २ च्यावलका १७ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
तरुण नेता पुस्कल न्यौपानेको अग्रसरतामा हेटौंडा १० भुटनदेवि मन्दिर रोडका १४ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
दुवै कार्यक्रममा प्रमूख अतिथि नेता बानियाँले सदस्यता वितरण गरेर नव प्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए । उक्त अवसरमा नेता बानियाँले योग्यता, क्षमता र योगदानको आधारमा पार्टीमा उचित स्थान दिने बताउँदै कांग्रेसले सबैलाई सम्मान व्यवहार गर्दै कम्युनिष्टको कमिशन, भ्रष्टाचार र झुटको खेतीको पर्दाफास गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार भरत परराजुुली, जिल्ला सदस्यहरु मिलन परियार, सुनिल अधिकारी, क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महाधिबेशन प्रतिनिधि टेकनाथ शिवाकोटी, विष्णुलाल स्याङतान, शालिकराम अधिकारी, तरुण नेता राजेश भेटवाललगायतको उपस्थिति रहेको थियो ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









