१५ असोज, काठमाडौं । मृत्युदण्ड उन्मूलन गरेको नेपालमा सांसदहरु नै फाँसीको सजायँ माग गर्न थालेका छन् ।
संसदीय समितिमा सांसदहरु बलात्कारीलाई मृत्युदण्ड दिनै पर्ने पक्षमा बहसमा उत्रिएका हुन् । यसका लागि संविधान संशोधन गर्न उनीहरुले लबिङ नै थालेका छन् । महिला तथा सामाजिक समितिको बुधबारको बैठकमा महिला सांसदहरुले १६ वर्ष मुनिका बालिकामाथि जबरजस्ती करणी गर्नेलाई मृत्युदण्डको सजायँ दिने गरी कानुन बनाउनुपर्ने माग गरेका हुन् ।
उसो त नेपालले २०४७ को संविधानदेखि नै नेपालमा मृत्युदण्डको सजाय उन्मूलन गरेको छ । तर केही महिला सांसद संविधान संशोधन गरेरै भएपनि मृत्युदण्ड दिनुपर्नेमा उत्रिएका हुन् । उनीहरु नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय सन्धि, १९६६ मा ‘रिजरभेसन’ राख्नु पर्ने तर्क गर्दछन् ।
संविधानसभामा उपाध्यक्ष रहिसकेको, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति नेकपा सांसद पूर्णकुमारी सुवेदी बलात्कारीलाई कडा सजायँ गर्नु ढिलो भएको तर्क गरिन् । अक्षम्य अपराध गर्नेलाई कठोर दण्ड दिनुपर्ने उनको भनाइ छ ।
नेकपाकी सचेतक शान्ता चौधरीले संविधान संसोधन र महासन्धिहरुमा पुनरावलोकन गरेर भएपनि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताए । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले अन्तर्राष्ट्रिय महासन्धी अनुसार नेपालले मृत्युदण्ड हुनेगरी कानून बनाउन नसक्ने भएपनि छलफल आवश्यक भइसकेको बताइन् ।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


