Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएल टि–२०ः रोहितको अर्धशतकमा मुम्बईको दोस्रो जित

jpg-1601602293.jpg

१६ असोज, हेटौंडा । युएईमा जारी जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा साविक विजेता मुम्बई मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो ।
अबुधावीमा रहेको शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । 
पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । क्रिश्नापा गोथामले अविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन मौ बनाउँन सके ।
पन्जाबलाई १ सय ४३ रनमा रोक्ने क्रममा मुम्बईका लागी जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले समान २÷२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डयले अविजित ३० रन बनाए । इशान किशन २८ रन जोडे । सूर्यकुमार यादवले १० रन बनाए ।
पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले १÷१ विकेट लिए ।
जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । र, मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको थियो । यस्तै ४ खेलमा २ अंक जोडेको पन्जाबको यो तेस्रो हार हो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार