१९ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १ र २ वडाका विभिन्न टोलका १ सय ९९ जना युवा सोमबार विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा सोमबार दिउँसो भएको कार्यक्रममा कांग्रेस हेटौंडा १ का वडा सभापति हरिकृष्ण महर्जन, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, तरुण दल ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ र उपाध्यक्ष दिनेश मैनालीको समन्वयमा नेकपा, राप्रपा परित्याग गरी समाजसेवी युवाहरु अमर लामा, विनोद लामा, युगल श्रेष्ठ तथा युवराज गुरुङको नेतृत्वमा हेटौंडा १ र २ चौकीटोल, लालझाडी, चाईनाक्वाटर, जरुवाटोलका १ सय ६४ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता दिई टिका लाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
त्यसैगरी सोमबारै विहान हेटौंडा १ भैरवडाँडामा भएको कार्यक्रममा हेटौंडा १ भैरवडाँडा, नकौली घ्याङसिटार र लामिडाँडाका ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले नवप्रवेशीलाई स्वागत गर्दै कम्युनिष्टको झुठो आश्वासन, भ्रष्टचार लिप्त शासनब्यवस्था अब जनताले बुझिसकेकाले धेरैदिन टिक्न नसक्ने बताउँदै कांग्रेसले विधिको शासन चाहेको बताए ।
नेता बानियाँले कम्युनिष्टलाई जनताले त्रास र आश देखाएकाले प्रचुर बहुमत दिएको भएपनि ३/३ पटकसम्म बजेट ल्याउँदा पनि निमुखा, गरिब, किसान तथा गरिखाने बर्गको हितमा नसोची कसरी हुन्छ भ्रष्टाचार गर्न मात्रै उद्दत रहेको कारण जनताले कम्युनिष्ट शासन पत्तासाफ भएको हेर्न चाहेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु राजिव सुवेदी, हरि वाग्ले, खड्ग गोपाली, अमृता थापा मगर, भीमसेन महत, सुनिल दाहाल, सुनिल अधिकारी क्षेत्र नम्बर २ का संघिय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण नेताहरु राजेश भेटवाल, विकेशलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)