२१ असोज, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलाका रोशन घिमिरेको परिवार नै व्यवसायिक तरकारी खेतिमा संलग्न रहेको छ ।
चुच्चेखोला आधुनिक तरकारी कृषि फर्म नै दर्ता गरेर घिमिरेको परिवार केही बर्षदेखि व्यवसायिक कृषिमा संलग्न रहेको हो । घिमिरे दम्पतिलाई उनीहरुका ३ छोराले समेत सहयोग गरिरहेका छन् । उनीहरुको टेनलमा गोलभेडा, घिरौला, करेला, काँक्रा, फर्सी, लौका जस्ता तरकारी खेति हुने गरेको छ । आफ्नो र भाडामा गरी १६ कठ्ठा जग्गामा टनेल निर्माण गरी ३० लाख रुपैंयाको लगानीमा उनीहरुले व्यवसायिक खेति गरेका छन् ।
‘अहिले गोलभेडा, करेला लगायतका तरकारी लगाएका छौं, राम्रो हुँदा एक सिजनमा ५-६ लाख रुपैंयाको तरकारी विक्रि हुन्छ ।’–रोशनले भने–‘त्यतिको तरकारी बेच्न सक्दा १ देखि डेढ लाख रुपैंया नाफा हुन्छ होला ।’ उनका अनुसार तरकारी खेति गर्न विउविजनदेखि मलसम्म लगानी गर्दा नाफा न्यून हुने गरेको छ । ‘प्रशस्तै नाफा कमाउने भन्दा पनि परिवारले गरेको श्रमको मूल्य उठ्छ ।’–उनले भने ।
श्रीमति गायत्री पनि प्रशस्तै नाफा कमाउने भन्दा पनि स्वरोजगार भएकोमा सन्तुष्ट रहेको बताउँछिन् । ‘काम खोज्न अन्यत्र भौतारिनु भन्दा आफ्नै घर परिवार मिलेर काम गर्दा स्वरोजगार भईने भएकाले व्यवसायिक ढंगले तरकारी खेति गरिरहेका छौं ।’–उनले भनिन् । उनका अनुसार आफुहरुले गरेको कामको प्रोत्साहन स्वरुप टनेल निर्माणका लागि संघीय सरकार र ट्याक्टरका लागि प्रदेश सरकारबाट सामान्य सहयोग प्राप्त भएको छ ।
सैद्धान्तिक र प्राविधिक ज्ञान निरन्तर अभिबृद्धिमा भने सहयोग कम रहेको उनको अनुभव छ । तरकारी खेतिमा लाग्ने रोग, मौसमको प्रतिकुलता र प्राकृतिक विपत्तिले आफुहरुले सोचे जस्तो लाभ हासिल गर्न नसकेको उनले बताईन् । कृषि विमाको चर्चा बढि भएपनि यसको लाभ कृषकहरुले लिन नसकेको भन्दै यसलाई स्थानीय सरकारले नै पहल गर्नुपर्ने उनीहरुको सुझाव छ ।
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...



-1786686763.jpg)














