Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

घिमिरे परिवार नै व्यवसायिक तरकारी खेतिमा

Tarkari1-1602034003.jpg

२१ असोज, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलाका रोशन घिमिरेको परिवार नै व्यवसायिक तरकारी खेतिमा संलग्न रहेको छ ।
चुच्चेखोला आधुनिक तरकारी कृषि फर्म नै दर्ता गरेर घिमिरेको परिवार केही बर्षदेखि व्यवसायिक कृषिमा संलग्न रहेको हो । घिमिरे दम्पतिलाई उनीहरुका ३ छोराले समेत सहयोग गरिरहेका छन् । उनीहरुको टेनलमा गोलभेडा, घिरौला, करेला, काँक्रा, फर्सी, लौका जस्ता तरकारी खेति हुने गरेको छ । आफ्नो र भाडामा गरी १६ कठ्ठा जग्गामा टनेल निर्माण गरी ३० लाख रुपैंयाको लगानीमा उनीहरुले व्यवसायिक खेति गरेका छन् । 
‘अहिले गोलभेडा, करेला लगायतका तरकारी लगाएका छौं, राम्रो हुँदा एक सिजनमा ५-६ लाख रुपैंयाको तरकारी विक्रि हुन्छ ।’–रोशनले भने–‘त्यतिको तरकारी बेच्न सक्दा १ देखि डेढ लाख रुपैंया नाफा हुन्छ होला ।’ उनका अनुसार तरकारी खेति गर्न विउविजनदेखि मलसम्म लगानी गर्दा नाफा न्यून हुने गरेको छ । ‘प्रशस्तै नाफा कमाउने भन्दा पनि परिवारले गरेको श्रमको मूल्य उठ्छ ।’–उनले भने । 
श्रीमति गायत्री पनि प्रशस्तै नाफा कमाउने भन्दा पनि स्वरोजगार भएकोमा सन्तुष्ट रहेको बताउँछिन् । ‘काम खोज्न अन्यत्र भौतारिनु भन्दा आफ्नै घर परिवार मिलेर काम गर्दा स्वरोजगार भईने भएकाले व्यवसायिक ढंगले तरकारी खेति गरिरहेका छौं ।’–उनले भनिन् । उनका अनुसार आफुहरुले गरेको कामको प्रोत्साहन स्वरुप टनेल निर्माणका लागि संघीय सरकार र ट्याक्टरका लागि प्रदेश सरकारबाट सामान्य सहयोग प्राप्त भएको छ । 
सैद्धान्तिक र प्राविधिक ज्ञान निरन्तर अभिबृद्धिमा भने सहयोग कम रहेको उनको अनुभव छ । तरकारी खेतिमा लाग्ने रोग, मौसमको प्रतिकुलता र प्राकृतिक विपत्तिले आफुहरुले सोचे जस्तो लाभ हासिल गर्न नसकेको उनले बताईन् । कृषि विमाको चर्चा बढि भएपनि यसको लाभ कृषकहरुले लिन नसकेको भन्दै यसलाई स्थानीय सरकारले नै पहल गर्नुपर्ने उनीहरुको सुझाव छ ।

Tarkari2-1602034027.jpg
Tarkari3-1602034027.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार