Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकार र डा. गोविन्द केसी बिच ८ बुँदे सहमति, अनशन आज तोडिदै 

GovtKC-1602377912.jpg

२५ असोज, हेटौंडा । सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ । 
सहमति भएसँगै डा. केसीले आज आइतबार अनसन तोड्ने भएका छन् । सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।
सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाइ सुरु गर्ने सहमतिमा उल्लेख छ ।
सहमतिमा विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने उल्लेख छ ।
चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख गर्ने, डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।
प्रदेश २ को सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पूर्वाधार निर्माणलाई तीव्रता दिने सहमतिपत्रमा उल्लेख छ ।
यसैगरी कोभिड–१९ को उचित व्यवस्थापनका लागि पीसीआर परीक्षण विस्तार गर्नुका साथै कोभिड तथा अन्य रोगको उपचारका लागि आवश्यकताअनुसार सरकारी अस्पतालको क्षमता विस्तार गर्ने सहमतिमा उल्लेख गरिएको छ ।
                                                                      (सहमतीको पूर्णपाठ)
 

11-1602377913.jpg
111-1602377937.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार