२७ असोज, हेटौंडा । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंलाई लक्षित गरेर ५ हजार ५ सय रुपैंयासम्मको छुटको अफर ल्याएको छ ।
क्लासिक टेकका हालका ग्राहकले इन्टरनेट सेवाको १ वर्षको रिचार्ज गरेमा ५ हजार ५ रुपैंया बराबरको छुट प्राप्त गर्नेछन् । त्यसैगरी, ६ महिनाको इन्टरनेट सेवा रिचार्ज गरेको खण्डमा २ हजार ८ सय रुपैंया बराबरको छुट प्राप्त गर्नेछन् ।
कम्पनीले पुराना ग्राहकहरुको लागि नयाँ रेफर अफर समेत सार्वजनिक गरेको छ । यसअनुसार ग्राहकहरुले क्लासिक टेकको मोबाइल एपमा गएर रेफरमा क्लिक गरेर आफ्ना साथीभाई तथा आफन्तहरुको नाम र नम्बर ठेगाना राख्नुपर्ने हुन्छ र उनीहरुले रेफर योजनाअन्तरगत १ वर्षको सब्सक्रिप्सनमा २ महिनाको बोनस इन्टरनेट र आईपी टिभी सेवा निशुल्क पाईनेछ भने ६ महिनाको सब्सक्रिप्सनको साथमा १ महिनाको बोनस इन्टरनेट सेवा र आईपी टिभी निशुल्क पाईनेछ । त्यसैगरी, ३ महिनाको सब्सक्रिप्सनको साथमा १५ दिनको बोनस र आईपीटिभी उपलब्ध हुनेछ ।
क्लासिक टेकले ल्याएको यो योजना नेपालभर रहेका क्लासिक टेकका ग्राहकहरुको लागि उपलब्ध हुने क्लासिक टेकका प्रमुख सेल्स र मार्केटिङ अफिसर बिनय अधिकारीले जानकारी दिए । उनका अनुसार यो अफरमार्फत ग्राहकहरुलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन कम्पनी आक्रामक रुपमा अगाडि बढ्नेछ ।
रेफरको बारेमा थप जानकारी थाहा पाउनका लागि क्लासिक टेकको यूट्यूब च्यानलमा हेर्न र क्लासिक टेकको नयाँ-नयाँ योजना र अफर तथा सेवा सुबिधाहरुको बारेमा जानकारी लिन कम्पनीको भाइबर कम्युनिटीमा जोडिएर तथा फेसबुक मार्फत पनि थाहा पाउन सकिने जनाईएको छ ।
२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...
२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...
२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...
१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...
१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
-1602599509.png)





-1778822654.png)









-1777786884.png)

