१ कार्तिक, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।
कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकत्ताको लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।
यस्तै सुबमन गिलले २१ रन जोड्दा आन्द्रे रसेलले १२ रन जोडे । मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।
कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ । कोलकत्ताले ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ ।
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















