१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापती इन्द्रबहादुर बानियाँले वर्तमान सरकारका प्रधानमन्त्रीको सहि सोच नभएका कारण कोरोना महामारी नियन्त्रणमा आउन नसकेको बताएका छन् ।
नेपाली कांग्रेस कोभिड-१९ अनुगमन तथा सूचना समिति मकवानपुरले शनिबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बानियाँले बर्तमान सरकार कोभिड-१९ को नाम बेचेर भ्रष्टाचार उन्मुख भएकाले नागरिकले कोरोनाको मार खेप्नु परेको बताए ।
उनले अहिलेको सरकारले कोरोनाबाट आक्रान्त भएका जनतालाई भन्दा पनि भ्रष्टाचार गर्ने ठाउँ मात्रै देखिरहेको आरोप लगाए । नेपाली कांग्रेसको केन्द्र र ७७ जिल्लामा रहेको कोभिड-१९ अनुगमन तथा सूचना समितिले कोरोनाले देशमा पारेको असर र यसबाट कसरी उन्मुक्ति मिल्छ भन्नेतर्फ क्रियाशिल भएर काम गर्ने विश्वास व्यक्त गर्दै समस्यामा परेकालाई सहयोग गर्ने परिपाटिको विकास गर्न पनि आग्रह गरे ।
समितिका मकवानपुर संयोजक उत्सब इटेनीको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपसभापति विष्णु प्रसाद लामिछाने, पार्टी प्रवक्ता प्रदिप कोइराला, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मि श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी उत्सव इटेनी संयोजक रहेको समितिका सदस्यहरुको नामावली समेत कार्यक्रममा विच सार्वजनिक गरिएको थियो । समितिमा रामकृष्ण कोइराला, जानुका गिरी, संजय श्रेष्ठ, सुनिल गिरी, मणिराज गौतम, सुजन विडारी, डोल्मा स्याङबो, मदन जोशी सदस्य रहेका छन् ।
छलफल तथा अन्तरकृया कार्यक्रमै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का ४ जना महिला र वडा नम्बर १ का एकजना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि नेता इन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गर्दैं पार्टीमा स्वागत गरेका थिए ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









