Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मिर्गौलाको पत्थरी झिक्दा मिर्गौला गायब 

monhohan-hospital-1499234869.jpg

 

२१ असार, हेटौँडा । काठमाण्डौँको स्वयम्भूमा रहेको मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल बिरामीको उपचारका क्रममा मिर्गौला झिकिएको तथ्य सार्वजनीक भएको छ । 

नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको  मिर्गौैलामा पत्थरी भएर मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा शल्यक्रिया गर्दा चिकित्सकले  मिर्गौला झिकिएको तथ्य सार्वजनीक भएको हो । एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्के  कोखामा अत्यधिक दुखाई भएपछि गत जेठ २२ गते उपचारका लागि उनी मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल  गएका थिए । रिमालले चिकित्सकले सबै जाँच गरेपछि मिर्गौलामा पत्थरी छ झिक्नुपर्छ भनी  २५ गते शल्यक्रिया गरेको र म अचेत हुँदा मेरी श्रीमतीलाई कर गरेर ६ बुँदे सम्झौता समेत भएको र आफुले सो कुरा घर गएपछि मात्र थाहा पाएको बताए  ।
यता बिरामी रिमालले सो सम्झौता आफूलाई मान्य नहुने भन्दै पत्थरी झिक्नुअगाबै मिर्गौला झिक्नेबारे केही जानकारी नदिनुका कारण माग गर्दै न्यायालय जाने बताएका छन् । अस्पतालका संयोजक डा रामकुमार अधिकारीले अस्पतालले बिरामीसँग गरेको सम्झौतामा दुवै मिर्गौला पत्थरी रहेको र बायाँतर्फको मिर्गौलामा असामान्य रहेकाले शल्यक्रियाका क्रममा अचानक आन्तरिक रक्तश्राव भएपछि रक्तश्राव  नरोकिएपछि ज्यान बचाउन मिर्गौला झिक्नुपरेको बताए ।  त्यसैगरी चिकित्सकको  लापरवाहीका कारण बिरामीको स्वास्थ्यमा  खेलवाड गरिएको  भन्दै बिरामी पक्षले  पचास लाखको क्षतिपूर्तिसहित जीवन बीमालगायतको माग राखी अस्पताल प्रशासनमा निवेदन दिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार