Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बिहे भोजको खर्च  सामाजिक कार्यमा

19832544_1342684335816873-1499259632.jpg

२१ असार, हेटौँडा । पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एवं मकवानपुर शाखका पुर्व अध्यक्ष पत्रकार प्रताप विष्टले आफ्नो छोरा बिहंगम विष्टको बिहेको भोजको अवसरमा खर्च हुने सात लाख एघार हजार एक सय एघार रुपैयाँ  नेपाल पत्रकार महासंघ मकवानपुर शाखा ,मानवसेवा आश्रम र चेपाङको प्रतिमा स्थापनाका लागि सहयोग गरेका छन् । एक

पत्रकार विष्टले मानवसेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी ५ लाख ११ हजार १ सय रुपैयाँ मानव सेवा आश्रमलाई , १ लाख रुपैयाँ नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई , १ लाख रुपैयाँ कैलाश गाउँपालिकामा जयपति चेपाङको प्रतिमा स्थापनाका लागि सहयोग गरेका हुन् ।
 विष्टले मानवसेवा आश्रममै आयोजीत  कार्यक्रम मार्फत मानवसेवा आश्रमलाई चेक हस्तान्तरण गरेको छन  ।  विहेमा हुने  खर्चलाई सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रहेका  विभिन्न संस्थालाई सहयोग गरेको विष्टले बताए । 
 सहयोग रकम हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत  मानवसेवा आश्रमका संरक्षक डाक्टर गोविन्द टण्डन ,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा, नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने ,नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामी लगायत अन्य व्यक्तीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार