७ असोज, हेटौंडा । मकवानपुरका भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउनको लागि नेपाली कांग्रेसले मासुलगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको छ । शुक्रबार कारागारमै पुगी दुई वटा खसी, कुखुराको मासुलगायत खाद्यान्न कारागार प्रशासनलाई हस्तान्तरण गरिएको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कैदीबन्दीहरुको लागि दुईसय किलो कुखुराको मासु, ८ बोरा चामल र दुई कार्टुन तेल उपलब्ध गराएका हुन् । साथै कांग्रेस मनहरी गाउँपालिकाका नेताहरुले दुई वटा खसी सहयोग गरेका छन् । बागमती प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यतामा कारागार परिसरमै पुगी सहयोग हस्तान्तरण कार्यक्रम गरिएको थियो । प्रदेशसभा सदस्य प्रजाको नेतृत्वमा मनहरी र हेटौंडाबाट पुगेको कांग्रेसको नेताहरुको टोलीले कारागार प्रशासनलाई कुखुराको मासु, खसीलगायत खाद्यान्न हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस महासमिति सदस्य रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि जानुकी लामा, जिल्ला सदस्यहरु नवराज सुवेदी, सुनिल अधिकारी, हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिकाका सभापति नारायण उप्रेती, पूर्व सचिव प्रकाश वर्तौला, मनहरी–७ का निर्वाचित वडाध्यक्ष ठाकुर राम तितुङ, आदिवासी जनजाति महासंघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष खेम चेपाङ, नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष सुदिप चेपाङ, जनजाति संघका मनहरी अध्यक्ष भीमसेन लामा, नेपाल तरुण दलका ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ, शिक्षक संघ जिल्ला सचिव विदुर थापा, भीमफेदी कारागारका प्रमुख मदन लामा, नेता बानियाँका निजी सचिव मिलन पुडासैनी, मध्यवर्ती काउन्सिलका अध्यक्ष पदम तितुङ, कारागारका चौकिदार सुरेश मोक्तान, र विजय गोलेलगायतको सहभागिता रहेको थियो । कांग्रेस नहरीका स्थानीय नेता रामचन्द्र कालाखेतीको संयोजनमा कैदीबन्दीलाई खसी सहयोग उपलब्ध गराइएको हो ।
कार्यक्रममा बोल्दै कारागार प्रमुख मदन लामाले आभार प्रकट गर्दै कारागारका अन्य समस्या समाधानमा पनि साथ सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि सन्तबहादुर प्रजाले कैदीबन्दीहरुको दसैंलाई उत्साहजनक ढंगले मनाउनको लागि कांग्रेसले मासुलगायत खाद्यान्न सहयोग गरेको बताए । पार्टी हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीले कारागारका कैदीबन्दी र कर्मचारीलगायतलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न कांग्रेस तयार रहेको सुनाए । बानियाँका निजी सचिव मिलन पुडासैनीले नेता बानियाँले कैदीबन्दीको मनोभावनालाई बुझेर दशैंमा सहयोग उपलब्ध गराएको जानकारी दिए ।
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...

















-1784273395.jpg)
