१० कार्तिक, हेटौंडा । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
रोल ...
अबुधाबीमा आइतबार राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो । शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले अविजित रहदै १ सय ७ रनको शतकीय इनिङ्स खेले ।
यस्तै सन्जु सामसनले अविजित रहदै ५४ रन बनाए । राजस्थानका रोबिन उथप्पाले १३ तथा कप्तान स्टिभ स्मिथले ११ रन बनाए । मुम्बईका जेम्स पाटिनसनले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईको उच्च स्कोरका लागि हार्दिक पाण्डयले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।
यस्तै सूर्यकुमार यादबले ४० रन जोडे । इशान किशनले ३७ रन जोड्दा सौरभ तिवारीले ३४ रन बनाए । क्विनटन डी कक र कप्तान केइरन पोलार्ड समान ६ ÷ ६ रन बनाएर आउट भए । राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले २ ÷ २ विकेट लिए । कार्तिक त्यागीले १ विकेट लिए ।
मुम्बईमाथिको सानदार जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ । र, राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ । मुम्बईले भने ११ खेलमा १४ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।
यो जितसँगै राजस्थानले मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला पनि लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















