Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटाैंडा-१६ मा नेकपा र राप्रपा परित्याग गरी १४५ जना कांग्रेसमा प्रवेश( तस्बिरहरु)

20201107_162709-1604745978.jpg

२२ कार्तिक,हेटौँडा। हेटाैंडा-१६ काे ठूलाे आकाशधारा र खाती टाेलमा शनिबार भएकाे छुट्टाछुट्टै कार्यक्रममा एकसय ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेका नेता राधाकृष्ण खातीसहित नेकपा र राप्रपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलगायतले नव प्रवेशीलाई टीका र खादा लगाएर पार्टीकाे सदस्यता प्रदान गरेका थिए ।हेटाैंडा-१६ मा निर्वाचित वडाध्यक्ष एवम् कांग्रेसका वडा सभापति  रामकृष्ण काेइरालाकाे अध्यक्षतामा पार्टी प्रवेश तथा दीपावली, नेपाल संवत् तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएकाे हाे । कार्यक्रममा बाेल्दै पूर्व गृहराज्यमन्त्री, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले कम्युनिष्टले मुलुकलाई खाेक्राे बनाएकाे अाराेप लगाए । कम्युनिष्टलाई विश्वास गरेर जनताले सत्तामा पुर्याए पनि उनीहरुले जनताकाे भावनाअनुसार काम गर्ननसकेकाे बताए । 'कम्युनिष्टहरुले जनतालाई गुलियाे कुरा गरेर यतिन्जेलसम्म भुलाए, अब जनता सचेत भइसकेका छन् । पछिल्लाे समय कांग्रेसमा फर्केनेकाे लहर नै चलेकाे छ ।जनताकाे विश्वासलाई हामी कुठाराघात गर्दैनाैं ।' बानियाँले भने ।कांग्रेसबाट वडाध्यक्षमा निर्वाचन जिते पछि अाकाशधारा पानीसरा क्षेत्रमा पानी, बाटाे र बत्ति पुगेकाे स्मरण गर्दै कांग्रेस सधैं जनताकाे दुःखसुखकाे साथी रहेकाे उनकाे भनाइ थियाे । हटिया हुँदै आकाशधारा हुँदै डम्बरपुरबाट निजगढसम्म पुग्ने बाटाे स्तरीकरण गर्न प्रदेशबाट आफूले बजेट हालिदिने पनि उनले प्रतिवद्धता जनाए । वडाका बासिन्दाकाे आय आर्जन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न पार्टीले सहयाेग गर्ने पनि बानियाँले बताए ।

नवप्रवेशीलाई सम्बाेधन गर्ने क्रममा बानियाँले उनीहरुकाे क्षमता र क्रियाशीलताकाे अाधारमा पार्टीमा भूमिका दिने पनि प्रतिवद्धता जनाए ।दुवै कार्यक्रममा पार्टीका महासमिति सदस्य दिनेश उपाध्याय जिल्ला सदस्य कृष्णप्रसाद दाहाल र नामदेव शिलवाल, हेटाैंडा उपमहानगर सभापति अानन्दराम पराजुली, हेटाैंडा-६ का निर्वाचित वडाध्यक्ष अर्जुनप्रसाद चाैलागाईं, कृष्णप्रसाद दाहाल, स्थानीय नेता साेमबहादुर माेक्तान, सुरेश तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय लाेक गायक गायिका प्रतिमा अर्याल र दिपेन्द्र पुन मगरले सांगितिक प्रस्तुतिमार्फत मनाेरञ्जन दिलाएका थिए ।

20201107_162723-1604745979.jpg
20201107_162733-1604746001.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार