Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रहेनन् स्वामी रामानन्द गिरी

FB_IMG_1499565140264-1-1499566186.jpg

२५ असार, हेटौंडा । १००८ स्वामी डा. रामानन्द गिरी महाराज शनिबार काठमाडौं पशुपतिस्थित शंकराचार्य मठमा ब्रह्मलीन भएका छन् । केही समयदेखि निमोनियाबाट पीडित स्वामी डा. गिरी एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत रहेको अन्नपूर्ण पोष्टको समाचारमा उल्लेख छ ।

उनको आइतबार देवघाटमा जल समाधि गर्ने कार्यक्रम छ । शनिबारै उनको पार्थीव शरीर देवघाटतर्फ ल्याईएको छ।

समाचार अनुसार २००३ सालमा धादिङको केबलपुरमा जन्मिएका स्वामी डा. गिरीले २०४१ सालमा जनक दर्शनमा पीएचडी गरेका थिए । ०४७ सालमा १००८ स्वामी महामण्डलेश्वर महेषानन्द गिरीजी महाराजबाट संन्यास लिएका उनले ०५० सालमा एकल प्रयासबाट देवघाटमा महेश संस्कृत गुरुकुल विद्यापीठ स्थापना गरेका थिए ।

आफ्नो जीवन नै संस्कृत र संस्कृतिका लागि समर्पण गर्नुभएका डा. गिरीले देवघाटमा कक्षा ६ देखि आचार्य (एमए) तहसम्मको अध्ययन–अध्यापन हुने विशाल गुरुकुल स्थापना गरेका छन् । उनले सञ्चालन गरेका गुरुकूल देवघाटका अतिरिक्त पोखरा, काठमाडौं, बनेपा, झापालगायत स्थानमा सञ्चालनमा छन् ।

वैदिक वाङ्मय एवं संस्कृतिका विशेषज्ञ स्वामी डा. गिरीले नेपाल मात्र नभई अमेरिकालगायत विभिन्न मुलुकमा समेत धार्मिक, आध्यात्मिक प्रवचन दिएका थिए । संस्कृति र धर्म भनेपछि हुरुक्कै हुने स्वामी डा. गिरी शांकर वेदान्तमा विशेष प्रवचन दिन्थे । उनको जीवन नै शिक्षा र हिन्दु धर्म संस्कृतिका लागि समर्पित हुँदै आएको थियो।

उनका २० वटाभन्दा बढी पुस्तक प्रकाशित छन् । त्यसमध्ये आठ खण्ड र पाँच हजार पानामा विभाजित श्रीमद् भागवत महापुराण (नेपाली भावानुवाद) सबैभन्दा महत्वपूर्ण छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार