२९ कार्तिक,हेटौँडा। सहिद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठानको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका-१ चकरीमा भएको टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी नमूना युवा क्लवले जितेको छ ।
शुक्रबार भएको फाइनल भिडन्तमा आर आर एफसीलाई टाइब्रेकरमा हराउँदै नमूनाले नगद २० हजार रुपैयाँसहित उपाधी जित्यो । आर आर एफसीले भने १० हजारमै चित्त बुझाउन बाध्य भएको छ । प्रतियोगितामा आर आर एफसीका गगन कप्रौला उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी आर आर एफसीका मिलन तितुङ, उत्कृष्ट डिफेन्स नमूनाका प्रेमबहादुर गोले र सर्वाधिक गोलकर्ताको पुरस्कार नमूनाका सुवास थिङले पाए । प्रतियोगिता संयोजक हेलिस मोक्तानको अध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य ओम ग्लानको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, नेपाली काङ्ग्रेसका नेता शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा १४ बर्ष मुनिका खेलाडीहरु कृषल मोक्तानलगायतका खेलाडीलाई सम्मान गरिएको थियो ।
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


















