Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सुख र समृद्धिका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

kp-sharma-oli-1-1605408470.jpg

file photo

३० कार्तिक, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । 
नेपाल सम्वत् ११४१ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने बताएका छन् ।
नेपाल संवतको अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गरेका छन् । 
सन्देशमा प्रधानमन्त्री ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन् ।
शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार