तस्विरः प्रष्ट खबर
२७ असार, हेटौँडा । आफ्ना कार्यकर्ताको पक्राउको कारण जनाउदै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको हेटौँडा लगायत देशैभरी आंशिक प्रभाव परेको छ ।
शैक्षिक संस्थामा बन्दको प्रभाव पुर्ण रुपमा देखिएपनि हेटौँडाका बजार खुलेका छन मोटरसाईकल,अटो, मयुर ,टेम्पु निवार्ध रुपमा चलेका छन भने हेटौँडा भएर लोमो तथा छोटो दुरीमा चल्ने यात्रुबाहक र मालबाहक सवारी साधन आंशिक रुपमा चलेको जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख नविन अधिकारीले जानकारी दिए । बन्दकर्ता सडकमा देखिएका छैनन भने अहिले सम्म मकवानपुरमा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यता, आज बिहान पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको छ । मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेकोले विप्लव नेतृत्वका कार्यकर्ताले बम विष्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
त्यसैगरी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा विप्लव नेतृत्वका कार्यकर्ताले सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंबरको गुडिरहेको बसमा ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको चालकतर्फको झ्यालको सिसा फुटेका बताईएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















